महिला प्रम कप : रुबिना र निगिमा चम्किदा प्रदेश-१ को सहज जित

प्रधानमन्त्री कप राष्ट्रिय महिला टि-२० प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न समुह ‘बि’ अन्तर्गतको दोश्रो खेलमा प्रदेश-१ ले बागमती प्रदेशलाई ४६ रनले पराजित गरेको छ।

लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले १६.४ ओभरमा ६० रन मात्र बनाउन सक्यो। स्कोरकार्ड , अंकतालिका 

लक्ष्य पछ्याउने क्रममा बागमतीको लागि कन्चन श्रेष्ठले सर्वाधिक १३, सुमन खतिवडाले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्रदेश-१ को बलिंगमा  निगिमा तामांगले सर्वाधिक ३ विकेट तथा अप्सरी बेगमले २ विकेट हात पारिन् भने सबनम राई, अलिशा खडीया र निशा शाहको नाममा समान १ विकेट रह्यो।

यस अघि खेलमा टस जितेर ब्याटिंग गरेको प्रदेश-१ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनाएको थियो।

प्रदेश-१ को लागि कप्तान तथा ओपनर रुबिना क्षेत्रीले अर्धशतक बनाउने क्रममा सर्वाधिक ५५ रन प्रहार गरिन्। उनले ५५ बलमा ६ चौका हिर्काइन्। त्यस बाहेक अप्सरी बेगमले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। अप्सरीले प्रतियोगिताकै पहिलो छक्का समेत प्रहार गरिन् जुन क्रममा लेग स्पिनर आरति बिडारीलाई लंगअनमा छक्का हिर्काईन्।

पहिलो ओभरमा काजल श्रेष्ठलाई खाता नखोली क्रिस्मा गुरुङले क्याच आउट गराएपछि रुबिनाले दोश्रो विकेटको लागि रोमा थापासंग ४५ रनको साझेदारी गरेकी थिईन्। यस्तै तेश्रो विकेटको लागि रुबिनाले लतिका राजबंशीसंग ३६ रन जोडिन्।

१६ औं ओभरमा रुबिनालाई आरति बिडारीले क्याच आउट गरेपछि भने प्रदेश-१ ले लगातार विकेट गुमाउन पुग्यो। सोहि ओभरमा आरतिले लतिकालाई समेत पेभेलिन फर्काइन्। ८५/५ को अवस्थाबाट अप्सरी बेगमले न्गिमा तामांगसंग अविजित २१ रनको साझेदारी गरिन्।

दिनको पहिलो खेलमा समुह ‘बि’ अन्तर्गत सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ६० रनले पराजित गर्यो।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ को विजेताको रुपमा एपीएफ तथा उपविजेताको रुपमा लुम्बिनी प्रदेश सेमीफाइनल प्रवेश गरिसकेका छन्।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]