मुसा र अलिको प्रदर्शनले दक्षिण अफ्रीकालाई पराजित गर्दै पाकिस्तान सेमीफाइनलमा

  • विकेटनेपाल, माघ १० – बुधबार

न्युजिल्याण्डमा जारि यु१९ विश्वकपको दोश्रो क्वाटरफाइनलमा दक्षिण अफ्रिकालाई रोमान्चक ३ विकेटले पराजित गर्दै पाकिस्तानले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। पहिलो क्वार्टरफाइनलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३१ रनले पराजित गर्दै सेमीफाइनलमा स्थान बनाईसकेको छ।

क्राइस्टचर्च मैदानमा दक्षिण अफ्रिकाले टस हारेर ब्याटिंग गर्दै दिएको १९० रनको लक्ष्य पाकिस्तानले ४७.५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।

लक्ष पछ्याउने क्रममा पाकिस्तानको स्कोर १११/५ को खराब अवस्थामा पुगेको थियो। खराब अवस्थामा चौथों नम्बरमा ब्याटिंग गरेका अलि जर्याबले सातौं नम्बरका साद खान( २६ रन ) सँग महत्त्वपूर्ण ६५ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।

अलि ज़र्याबले महत्त्वपूर्ण अविजित ७४ रनको पारि खेले जुन क्रममा उनले १११ बलमा ५ चौका प्रहार गरे।

दक्षिण अफ्रिकाका जसोन निमाण्डले ३१ रन खर्चिएर २ विकेट हात पारे ।

अलि जर्याबले धैर्यतापूर्ण इनिंग खेले

पहिलो इनिंग 

दक्षिण अफ्रिकाले पाकिस्तानका सहीन शाह अफ्रिदी तथा मोहम्मद मुसाले उत्कृस्ट बलिंग गरेपछि ९ विकेट गुमाउदै १८९ रनमा समेटिएको थियो। अफ्रिदीले २ विकेट लिन ३० तथा मुसाले ३ विकेट लिन २९ रन खर्चेका थिए।

दक्षिण अफ्रिकाका वान्डीले मक्वेटुले ६० रन (६५ बल, ५ चौका, १ छक्का) बनाएपनि अन्य खेलाडीहरुले साथ नदिदा सस्तैमा समेटिएको थियो ।

सहीन शाह अफ्रिदी (Picture: @cricketworldcup)

प्रतियोगिता अन्तर्गत तेश्रो क्वार्टरफाइनलमा बिहिबार फाइनलमा न्युजिल्याण्डले अफगानिस्तानको र चौथो क्वार्टरफाइनलमा शुक्रबार बंगलादेशले भारतको सामना गर्नेछ।

 

बिहिबार हुने खेलहरु:

क्वाटरफाइनल ३: न्युजिल्याण्ड Vs अफगानिस्तान
प्लेट प्लेअफ सेमीफाइनल १: पपुवा न्यु गिनी Vs आयरल्याण्ड
प्लेट प्लेअफ सेमीफाइनल २: केन्या Vs नामिबिया
प्लेट सेमिफाइनल:    जिम्बाबे Vs श्रीलंका





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]