सेमीफाइनलमा भारतले पन्तलाईनै निरन्तरता दिने सम्भावना

टि-२० विश्वकपको एडिलेड ओभलमा हुने इङ्ल्यान्ड विरुद्धको बिहिबार हुने दोस्रो सेमिफाइनलका लागि भारतले अन्तिम एघारमा परिवर्तन नगर्ने सम्भावना प्रवल मानिएको छ।

अपरिवर्तित टिमको अर्थ जिम्बाब्वे विरुद्ध आफ्नो पहिलो खेल खेलेका विकेटकिपर बायाँ हाते ब्याट्सम्यान ऋषभ पन्तले अनुभवी विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकको ठाउँ पुनः लिन सक्छन्।

प्रतियोगिताको सुरुवाती ४ खेलमा पन्त पहिलो रोजाइमा थिएनन्। उनले जिम्बाब्वे बिरुद्ध सुपर-१२ चरणको खेलमा मौका पाउँदा ३ रन बनाएका थिए। लयमा नदेखिएका पान्ड्याले दक्षिण फ्रिका बिरुद्ध २, बंगलादेश बिरुद्ध ५ तथा जिम्बाब्वे बिरुद्ध १८ रन बनाएका थिए। कार्तिकले,   तथा बंगलादेश बिरुद्ध ७ रन बनाएका थिए।

कार्तिकलाई मंगलबार (नोभेम्बर ८) मा नेटमा सबैभन्दा लामो समयसम्म ब्याटिङ गरेको देखिएको थियो। तर पनि पन्तनै महत्वपूर्ण खेलको लागि रोजाइमा पर्ने देखिन्छ। पन्त प्राथमिकतामा पर्नुको कारण हालसम्म हार्दिक पान्ड्याले ब्याटिंगबाट खास योगदान गर्न नसक्नु पनि हो। पन्तले फिनिसरको भूमिका निभाउन पर्ने हुनसक्छ।

अपरिवर्तित टिम संयोजनको अर्थ पनि लेगस्पिनर युजवेन्द्र चहलको तुलनामा बायाँ हाते स्पिनर अक्षर पटेललाई प्राथमिकता दिइनेछ। चहल १५ सदस्यीय विश्वकप टोलीका एकमात्र सदस्य हुन् जसले अष्ट्रेलियामा भएको विश्वकपमा अहिलेसम्म अन्तिम एघारमा भाग लिने मौका पाएका छैनन्। सेमिफाइनलमा इङ्ल्यान्ड विरुद्ध रिस्ट स्पिनर ल्याउने थोरै सम्भावना पनि छ तर बिहीबारको प्रतियोगिताको लागि अन्तिम खेलको विजयी टिमनै रहनेछ, जबसम्म खेल अगाडी परिस्थिति र मौसममा ठूलो परिवर्तन हुँदैन।

यसैबीच, रोहित शर्मा नेटमा बलले लाग्दा चोट लागेता पनि महत्वपूर्ण खेलको लागि उपलब्ध हुने भएका छन्। उनको चोट त्यति गम्भीर छैन। चोटको केहि समयमा शर्मा ब्याटिंगमा फर्केका थिए।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]