युएईसंग शतक बनाउदै पारसले बनाए ३ ठुला किर्तिमान

Paras Khadka
  • विकेटनेपाल, फाल्गुन ३- बिहिबार 

डिभिजन-२ को फाइनलमा युएईसंग शतक बनाउदै पारस खड्का प्रतियोगिताकै सर्बाधिक रन बनाउने खेलाडी बनेका छन्।

रास्ट्रिय क्रिकेट टिमको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा व्यक्तिगत तेश्रो शतक पुरा गर्ने क्रममा पारसले अविजित ११२ रन बनाए। १०३ बलको सामना गर्दै उनले ८ छक्का र ३ चौका प्रहार गरे। शतकीय इनिंग खेले पनि टिमलाई भने जितसम्म पुर्याउन सकेनन् र नेपाल ७ रनले युएईसंग पराजित हुन पुग्यो।

पारसले यस अघि बिश्व क्रिकेट लिग च्याम्पियनसिपको नामिबियासंग नेपालमै भएको खेलमा शतक ( १०३ रन ) बनाएका थिए। त्यस अघि उनले सन् २०१२ को एसीसी ट्रफीमा कुवेत बिरुद्ध शतक ( १०६ रन* ) बनाएका थिए।

पारसको शतक 

पहिलो शतक – १०६* ( ७७ बल, ७ चौका र ४ छक्का ) – बिरुद्ध कुवेत, सन् २०१२ एसीसी ट्रफी
दोश्रो शतक – १०३ ( ९४ बल, ५ चौका, ७ छक्का ) – बिरुद्ध नामिबिया, सन् २०१६  बिश्व क्रिकेट लिग च्याम्पियनसिप
तेश्रो शतक – ११३ रन ( १०३ बल, ३ चौका ८ छक्का )

३ शतक बनाउने पहिलो नेपाली खेलाडी 

युएईसंग ३ वटा शतक प्रहार गर्दै पारस ३ वटा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्। यस भन्दा अघि रास्ट्रिय टिमको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा पारससंगै अनिल मण्डलले २/२ वटा शतक बनाएका थिए। रास्ट्रिय टिमको लागि एकदिवसीय क्रिकेटमा राजु खड्का, शक्ति गौचन, शरद भेसावकर, सुबास खकुरेल, ज्ञानेन्द्र मल्लले एउटा शतक प्रहार प्रहार गरेका छन्।

Paras Khadka
Paras Khadka

लिस्ट ‘ए’ मा नेपालको लागि सर्बाधिक रन 

युएईसंग लिस्ट ‘ए’ करियरको दोश्रो शतक प्रहार गर्ने क्रममा पारसको लिस्ट ‘ए’ मा कुल रन ९५१ पुगेको छ जुन नेपाली खेलाडीहरुले बनाएको सबैभन्दा धेरै रन हो भने उनि ९०० रन पुरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान समेत हुन्। पारसले कुल २८ खेलमा ३५.२२ को औसतले उक्त रन बनाएका हुन्। पारस पछि लिस्ट ‘ए’ मा नेपालको लागि धेरै रन बनाउने खेलाडी ज्ञानेन्द्र मल्ल हुन् जसले ३१ खेलमा कुल ८३१ रन बनाएका छन्। तेश्रो नम्बरमा शरद भेसावकरले ३० खेलमा ७८५ रन तथा चौथो स्थानमा बिनोद भण्डारीले २१ खेलमा ३९६ रन बनाएका छन्।

डिभिजन-२ २०१८ को सर्बाधिक रन बनाउने ब्याट्सम्यान

डिभिजन-२ को फाइनलमा शतकले पारस प्रतियोगितामै धेरै रन बनाउने खेलाडी समेत बने। ६ खेलमा उनले ४८.२ को औसतमा २४१ रन बनाए। युएईका अश्फाक अहमद २३७ रन सहित सुचीको दोश्रो स्थानमा तथा नामिबियाका मर्वे इरास्मस २२९ रन सहित तेश्रो स्थानमा रहे। प्रतियोगितामा नेपालको लागि दोश्रो धेरै रन रोहित पौडेलले बनाए। डेब्यु प्रतियोगितामा पौडेलले ६ खेलमा १४० रन बनाए।

डिभिजन-२ मा पारसको प्रदर्शन – 

१९ रन बिरुद्ध नामिबिया
१७ रन बिरुद्ध ओमान
५१ रन बिरुद्ध युएई
४२ रन बिरुद्ध केन्या
० रन बिरुद्ध क्यानडा
११२* रन बिरुद्ध युएई





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]