- विकेटनेपाल, माघ २९ – सोमबार
आईसिसी विश्व क्रिकेट लिग अन्तर्गत जारि नेपाल र केन्या बिचको खेलमा नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक बनाउनबाट चुकेपछी नेपाल समस्यामा परेको छ । पारसले ४२ रन बनाउन ४४ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए ।
नेपालले यो समाचार तयार पार्दासम्म १९ ओभरमा ४ विकेटको क्षतिमा ७१ रनमात्र बनाएको छ र जितको लागि ३१ ओभरमा १०६ रनको आबश्यकता छ ।
नामिबियामा जारि खेलमा केन्याले पहिले ब्याटिंग गरेपछि ५० ओभरमा ८ विकेट गुमाएर १७७ रनको योगफल तयार पारेको थियो ।
जवाफमा उत्रेको नेपालले मात्र १४ रनको योगफलमा ३ विकेट गुमाएपछी क्रिजमा आएका शरद भेसावाकरले पारस सँग मिलेर ११.२ ओभरमा ५५ रनको अर्धशतक साझेदारी गरेका थिए । तर पारस अठारौँ ओभरको पहिलो बलमा ड्रिंक्स ब्रेकपछी आउट भएपछी नेपाल समस्यामा परेको हो ।
अहिले क्रिजमा शरद भेसावाकर १४ रन बनाएर खेलिरहेका छन् भने आरिफ शेख भर्खर आएका छन् ।