पारस लिजेन्ड्स लिग खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग खेल्ने भएका छन् । लिजेन्ड लिगको बिहीबार भइरहेको ड्राफ्टमा गुजरातको टोलीले पारसलाई टोलीमा अनुबन्ध गराएको हो ।

पारसलाई गुजरात टिमले १२ लाख ५ हजार भारतीय रुपैयामा टोलीमा अनुबन्ध गरेको हो । पारस आबद्ध गुजरातमा क्रिस गेल, असगर अफगान, लिन्डल सिमन्स लगायत रहेका छन् । यस लिगमा सुरेश रैना, इर्फान पठान, इशुफ पठान, हरभजन सिंह, रोविन उथप्पा लगायतका खेलाडीहरु रहेका छन् ।

यस संस्करणको लिजेन्ड्स लिग २० सेप्टेम्बरबाट सुरु हुनेछ ।

नेपाल क्रिकेट संघ(क्यान) को सचिव समेत रहेका पारसले नेपालका लागि १० ओडिआई र ३३ टि२० आई खेलेका छन् ।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]