प्रधानमन्त्री कप : उपाधिका लागि एपिएफ र सुदूरपश्चिम भिड्ने

काठमाडौं। बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले शुक्रबार प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

सुदूले दिएको ११३ रनको लक्ष्य पछ्याएको बागमतीले दुई बल बाँकी रहँदा सबै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो। योसँगै एपिएफबाहेक तीन टोलीले समान दुई अंक जोडेका थिए। तर, नेट रनरेटमा अगाडी रहँदै सुदूरपश्चिमले एपिएफसँगको भेट पक्का गर्‍यो। सुदूरपश्चिमको –०।७४१ नेट रनरेट रह्यो। आर्मीको –१।३२७ र बागमतीको –१।४६३ नेट रनरेट रह्यो।

योसँगै उपाधिका लागि साबिक विजेता एपिएफ र सुदूरपश्चिम भिड्ने भएका छन्। शुक्रबार नै भएको अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy