प्रधानमन्त्री कप : उपाधिका लागि एपिएफ र सुदूरपश्चिम भिड्ने

काठमाडौं। बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले शुक्रबार प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

सुदूले दिएको ११३ रनको लक्ष्य पछ्याएको बागमतीले दुई बल बाँकी रहँदा सबै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो। योसँगै एपिएफबाहेक तीन टोलीले समान दुई अंक जोडेका थिए। तर, नेट रनरेटमा अगाडी रहँदै सुदूरपश्चिमले एपिएफसँगको भेट पक्का गर्‍यो। सुदूरपश्चिमको –०।७४१ नेट रनरेट रह्यो। आर्मीको –१।३२७ र बागमतीको –१।४६३ नेट रनरेट रह्यो।

योसँगै उपाधिका लागि साबिक विजेता एपिएफ र सुदूरपश्चिम भिड्ने भएका छन्। शुक्रबार नै भएको अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]