मल्लको शतकले दिलाएन प्रदेश-३ लाई जित, एपीएफ ४१ रनले विजयी

प्रधानमन्त्री कप प्रतियोगिता अन्तर्गत विभागीय टिम एपीएफ र प्रदेश-३ बीचको खेल महत्वको साथ हेरिएको थियो।

करिब १ दशक पछि विभागीय टिम छोडेर पहिलो पटक प्रदेशको लागि डेब्यु गरेका पारस खड्का र ज्ञानेन्द्र मल्ल आफ्नै पुरानो टिम एपीएफ बिरुद्ध खेल्दै थिए। अर्को तिर पारस प्रधानमन्त्री कपमा पनि डेब्यु गर्दै थिए।

खेल अघि पारस र ज्ञानेन्द्रको डेब्युको चर्चा मात्रै हैन पारस र ज्ञानेन्द्रको उपस्थितिले उत्साहित प्रदेश-३ ले एपीएफलाई पराजित गर्दै स्तब्ध बनाउन सक्ने अनुमान पनि गरिएको थियो।

एपीएफलाई सहजै जित नसुम्पिए पनि अस्चार्यजनक नतिजा ल्याउने चाहना भने पुरा भएन। डिफेन्डिङ च्यापिय शशस्त्र प्रहरी बल एपीएफले प्रदेश-३ लाई ४१ रनले पराजित गर्यो।

ज्ञानेन्द्रको शतक 

टस जितेर पहिले ब्याटिंग गर्दै एपीएफले दिएको २८९ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-३ ले ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा प्रदेश-३ ओपनर जितेन्द्र सिंह ठकुरी र रित गौतमले पहिलो विकेटको लागि ४० रनको साझेदारी गरे। १२ औं ओभरमा जितेन्द्र १२ रन बनाएर आउट भए लगत्तै १३ औं ओभरमा रित गौतम पनि २७ रन बनाएर आउट भए। इशान पाण्डे पनि १ रन बनाएर आउट हुँदा ५५/३ पुगेको प्रदेश-३ लाई पारस खड्का र ज्ञानेन्द्र मल्लले चौथो विकेटको लागि ५७ रनको साझेदारी गर्दै उकासे।

Paras Khadka

कप्तान पारस ४६ रन ( ४५ बलमा ४ चौका र २ छक्का ) बनाएर भुवन कार्कीको बलमा २९ औं ओभरमा आउट हुन पुगे। त्यसपछि प्रदेश-३ ले लगातार विकेट गुमाउन पुग्यो। अभिशेक बस्नेत ९ , रबिन जोशी २ तथा सोनु तामांग २ रन बनाएर आउट भए।

अर्को किनारमा विकेट गुमेपनि ज्ञानेन्द्र मल्लले एक किनार सम्हालिरहे। आठौँ विकेटको लागि मल्लले सोनु देवकोटासंग ९८ रनको साझेदारी गरे।

यस बीचमा ज्ञानेन्द्रले शतक पुरा गरे। सिनियर स्तरको नेपाली घरेलु क्रिकेटमा मल्लको यो पहिलो शतक हो। नेपाली राष्ट्रिय टिमको लागि मल्लले विश्व क्रिकेट लिग डिभिजन-३ २०१४ मा सिंगापुरसंग शतकीय इनिंग खेलेका थिए।

मल्लले शतक बाबजुद सुरुवात देखि सुस्त रहेको प्रदेश-३ लक्ष्यको नजिक भने पुग्न सकेन ।  ११७ रन बनाएका मल्लले त्यस क्रममा १११ बलमा ८ चौका र ५ छक्का प्रहार गरे। सोनु देवकोटाले १५ रन बनाए।

Gyanendra Malla Century

एपीएफको लागि बलिंगमा कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट ( १०-०-६४-३ ) लिए भने अविनाश बोहराले २ विकेट ( १०-१-६६-२ ) लिए। पृथु बास्कोटा र भुवन कार्कीले १/१ विकेट लिए।

बसन्त रेग्मी घाइते हुँदा उनको अनुपस्थितिले एपीएफलाई बीचको ओभरमा स्पिनरको कमि देखिएको थियो। पृथु बास्कोटा र शरद भेसावकरले बीचको ओभरमा बलिंग गरे।

सुमित महर्जनको उत्कृस्ट इनिंग 

यस अघि एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८८ रनको योगफल तयार गरेको थियो ।

टस जितेर ब्याटिंग गरेको एपीएफको सुरुवात राम्रो हुन सकेको थिएन। ओपनर शरद भेसावकर १२, आसिफ शेख ७ रन तथा शंकर राना १ रन बनाएर आउट भए। शरदलाई पारस खड्काले आसिफलाई नन्दन यादबले आउट गरे।

प्रतियोगिताको र घरेलु क्रिकेटमा आफ्नो पहिलो शतक नजिक पुगेका सुमित २ रन लिने चक्करमा पृथु बास्कोटासंग असमझदारी हुँदै रन आउट हुन पुगे। महर्जनले ९४ रन बनाए जुन क्रममा १०३ बलमा ५ चौका र ६ छक्का प्रहार गरे।

सुमितको विकेटपछि सन्दिप जोरा ६ रन बनाएर लगत्तै आउट भए। अर्धशतक पुरा गरेका कप्तान पृथु ५९ रन बनाएर आउट भए जसले ५८ बलमा ३ चौका र १ छक्का प्रहार गरे। दुवैलाई अफ स्पिनर जितेन्द्र ठकुरीले आउट गरे।

Sumit Maharjan

त्यसपछि तल्लो क्रममा अमर सिंह रौटेलाले आक्रामक इनिंग खेल्दै एपीएफलाई ठुलो योगफलतर्फ डोर्याए । त्यस क्रममा उनले ४९ औं ओभरमा जितेन्द्र सिंह ठकुरीलाई लगातार २ छक्का प्रहार गरे।

रौटेला २७ रनमा अविजित रहे जुन क्रममा १८ बलमा २ चौका र २ छक्का हिर्काए।

प्रदेश-३ को बलिंगमा जितेन्द्र सिंह ठकुरी ( ५-०-३८-३ ) र नन्दन यादबले ( ) ३/३ विकेट लिए। यस्तै पारस खड्का ( १०-०-५०-० ) , सुर्य तामांग ( १०-२-५१-१ ) ले १/१ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आइतबार २ खेलहरु संचालन हुनेछन्। टियु मैदानमा हुने खेलमा प्रदेश-१ र त्रिभुवन आर्मी क्लब तथा मुलपानी मैदानमा हुने खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्।

 





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]