उद्घाटन खेलमा आर्मी र पूर्वान्चलको प्रतिस्पर्धा – पारस नखेल्ने

Prime Minister Cup
  • विकेटनेपाल- ८ जेठ

देशकै सर्बाधिक धनराशीको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता भोलि मंगलबार देखि सुरु हुनेछ l प्रतियोगिता अन्तर्गत पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र पूर्वान्चल विकास क्षेत्रले प्रतिस्पर्धा गर्नेछन् l

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागी ८ टिमको जर्सी तथा प्रतियोगिताको बिजयी ट्रफी समेत सार्बजनिक गरिएको छ l ( पत्रकार सम्मेलनको प्रत्यक्ष प्रशारणको भिडियो )

रास्ट्रिय खेलकुद परिषदको आयोजनामा हुनलागेको प्रतियोगितामाको बिजेता टिमले रु. २० लाख तथा उपविजेताले १० लाख रुपैया प्राप्त गर्नेछन् भने प्रतियोगिताको उत्कृस्ट खेलाडीले १ लाख रुपैया प्राप्त गर्नेछन् l यस्तै उत्कृस्ट ब्याट्सम्यान र बलरले ५० हजार , उदयमान खेलाडीले २५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचले ५ हजार रुपैया प्राप्त गर्नेछन् l

लामो समय पछि हुन लागेको ५० ओभरको प्रतियोगितामा सहभागी ८ वटा टिमलाई २ वटा समुहमा विभाजित गरिएको छ l दुवै समुहको उत्कृस्ट २ टोलिले सेमीफाइनलमा स्थान सुरक्षित गर्नेछन् l  ९ जेठ गते सुरु हुने प्रतियोगिताको फाइनल खेल २४ जेठमा संचालन हुनेछ l

प्रतियोगिताको लागि सम्पूर्ण तयारी सकिएको आयोजक टेक्निकल कमिटि प्रमुख जगत टमाटाले जानकारी गराएका छन् l

सहभागी सबै टिमका खेलाडीहरुले प्रतियोगिता आयोजना हुनाले खुसि ब्यक्त गरेका थिए l

पत्रकार सम्मेलनमा बिभिन्न ६ वटा टिमका कप्तानहरुले आफ्नो टिमको जर्सी सार्बजनिक गरेका थिए l कार्यक्रममा पूर्वान्चल र पश्चिमाञ्चल बाहेक अन्य ६ टिमका कप्तानहरु सहभागी थिए l

प्रतियोगितामा व्यक्तिगत कारणले हाल अमेरिकामा रहेका  शशस्त्र प्रहरी बलका कप्तान पारस खड्का सहभागी हुने छैनन् जसको स्थानमा ज्ञानेन्द्र मल्लले कप्तानी सम्हाल्नेछन् l यस्तै मध्यमाञ्चल टिमको कप्तानी शरद भेसावकरले सम्हाल्नेछन् l कार्यक्रममा सुदूरपश्चिमान्चल टिमका कप्तान सुरेन्द्र चन्द, त्रिभुवन आर्मी क्लबका कप्तान बिनोद भण्डारी, नेपाल पुलिस क्लबका कप्तान मन्जित श्रेष्ठ, एपीएफ कप्तान ज्ञानेन्द्र मल्ल, मध्यपस्चिमान्चल कप्तान शुबेन्दु पाण्डे र मध्यमान्चल कप्तान शरद भेसावकर उपस्थित थिए l

आगामी अक्टोबर महिनामा हंगकंगको घरेलु मैदानमा खेलिने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि टिम छनौट प्रधानमन्त्री कप बाट गरिने रास्ट्रिय क्रिकेट टिमका प्रशिक्षक समेत रहेका जगत टमाटाले जानकारी दिएका छन् l

प्रतियोगिताको खेल तालिका 

Fixture of Prime Minister Cup

पत्रकार सम्मेलनको भिडियो 





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]