प्रधानमन्त्री कप महिला क्रिकेट सुरु, सुदूरपश्चिममान्चल र एपीएफको सुरुवाती जित

फिचर फोटो : लक्ष्मी साउद ( सुदूरपश्चिममान्चल )

  • विकेटनेपाल – १० फाल्गुन, बिहिवार

बुधवारदेखि धनगडीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषदको आयोजना र कैलाली खेलकुद विकास समितिको ब्यावस्थापनमा आयोज्जित प्रतियोगिताका खेलहरु धनगडीको फाप्ला क्रिकेट मैदानमा हुँदैछन।

प्रतियोगिताको सुरुवाती दिन भएका खेलमा सुदुरपश्चिम र विभागीय टोली एपीएफले विजयी सुरुवात गरेका छन्। बुधवार भएको उद्धघाटन खेलमा सुदुरपश्चिमले पश्चिामचल विकास क्षेत्रलाई ५ विकेटले पराजित गर्यो भने एपीएफले मध्यपश्चिममाथि १० विकेटको जित हात पार्यो।

पहिलो खेल :

धनगडीको फाप्ला क्रिकेट मैदानमा दिनको पहिलो खेलमा सुदुरपश्चिमले पश्चिमान्चललाई ५ विकेटले हराउंदै प्रतियोगितामा पहिलो जित दर्ता गर्यो। पहिले ब्याटिंग गर्दै पश्चिमान्चलले दिएको ७४ रनको सामान्य लक्ष्य सुदूरपश्चिमान्चलले १७.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। उसका लागि बिमला भट्टले १८ र मन्जु वोगटीले १२ रनको योगदान गरिन्।

पश्चिमान्चलको बलिंगमा सरस्वति पुनले ३ विकेट चट्काएपनि टोलिलाई जित दिलाउन सकिनन्।

यसअघि टस जित्दै पहिले ब्याटिंगमा उत्रिएको पश्चिमान्चलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन मात्र जोड्न सकेको थियो। उसका बर्षा रानाले १४ र सरस्वति पुनले १० रन बनाएपनि अन्यले दोहोरो अंकमा रन जोड्न विफल रहे।

पश्चिमान्चलको ब्याटिंगलाई ध्वस्त गर्ने क्रममा वुमेन अफ दि म्याच बनेकी सुदूरपश्चिमान्चलकि लक्ष्मी साउदले ३ विकेट हात पारेकी थिइन्।

दोस्रो खेल :

दिनको दोस्रो खेलमा विभागीय टोलि एपीएफले मध्यपस्चिमाञ्चलमाथि १० विकेटको जित हात पार्यो। मात्र ३७ रनको लक्ष्य एपीएफले ४.५ ओभरमा कुनै विकेट नगुमाई भेट्टायो। एपीएफको जितमा ज्योति पाण्डेयले १७ र सिता राना मगरले १२ रन जोडिन।

यसअघि पहिले ब्याटिंग गरेको मध्यपश्चिमाञ्चलले खराव ब्याटिंग गर्दै १८.४ ओभरमा ३६ रन जोड्दा सबै विकेट गुमाएको थियो। १० रन अतिरिक्त स्वरूप पाएको मध्यपश्चिमाञ्चलको ब्याटिंगमा गिता गोसाईंले १५ रन जोड्न बाहेक अन्यले दोहोरो अंक छुन सकेका थिएनन्।

एपीएफको बलिंगमा वुमेन अफ दि म्याच बनेकी ऋतु कनौजियाले एक्लै ४ विकेट हात परेकी थिइन्।

उद्घाटन समारोह :

यसअघि प्रतियोगीताको राष्ट्रीय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उद्धघाटन गरेका थिए। उद्घाटन समारोहमा बोल्दै सदस्य सचिव फाप्ला क्रिकेट मैदानमा प्याराफीट निर्माणका लागी बजेट विनीयोजन गर्ने बताए।

सगरमाथा सिमेन्ट मुख्य प्रायोजक रहेको प्रतियोगितामा ५ विकास क्षेत्र र एक विभागीय गरी ६ टीमले सहभागीता जनाएका छन । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले नगद २ लाख पाउनेछन ।

 

फोटोहरु : अभिनास चौधरी





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]