पोखरा राइनोज, बिराटनगर वारियर्सको बिजयी सुरुवात

  • विकेटनेपाल, पौष ४ – मंगलबार

एभरेस्ट प्रिमियर लिग अन्तर्गत आज भएका खेलहरुमा पोखरा राइनोज र विराटनगर वारियर्सले जित हात परेका छन् ।

किर्तिपुर स्थित त्रि.वि मैदानमा आज समपन्न पहिलो खेलमा पोखरा राइनोजले चितवन टाईगर्सलाई १० विकेटले पराजित गरेको थियो (स्कोरकार्ड) भने दोश्रो खेलमा बिराटनगर वारियर्सले ललितपुर प्याट्रीयट्सलाई ६ रनले पराजित गरेको छ (स्कोरकार्ड)

अङ्क-तालिका

पोखरा राइनोजको जितमा ११४ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानी खेलाडी इन्स्राउल्लाहले प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरे । उनले ५२ बलमा ६ छक्का र १ चौकाको सहयोगमा अविजित ६१ रन बनाए । उनलाई अविजित ४६ रन बनाएर सुनिल धमलाले साथ दिए l ५४ बल खेलेका धमलाले २ चौका र ३ छक्का प्रहार गर्दा मात्र १७.४ ओभरमा लक्ष्य पुरा गर्यो ।

अर्धसतक प्रहार गरेपछि इन्स्राउल्लाह

यसअघि पहिले ब्याटिंग गरेको चितवन टाइगर्सले २० ओभरमा सबै विकेट गुमाएर मात्र ११३ रन बनाउन सक्यो । उसकालागि कप्तानी गरिरहेका दिपेन्द्र   ऐरीले ४२ रन तथा अनिल मण्डलले ३२ रनको पारि खेलेपनि अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । दिपेन्द्र  ३२ बलमा १ छक्का र ५ चौका प्रहार गरे भने अनिलले ४४ बलमा १ छक्का र ३ चौका हाने ।

चितवनको ब्याटिंग कमजोर बनाउने क्रममा म्यान अफ द म्याच समेत चुनिएका पाकिस्तानी खेलाडी इन्स्राउल्लाहले २२ रन खर्चेर ४ विकेट लिए भने ताज वलीको नाममा ३ विकेट रह्यो । बिक्रम सोब र शक्ति गौचनले १/१ विकेट लिए ।

त्यस्तै दोश्रो खेलमा बिराटनगर वारियर्सले अनिल शाहको ४७, पारस खड्काको ३८ तथा बाबर हायातको ३४ रनको मद्दतमा पहिले ब्याटिङ्ग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १५० रनको योगफल तयार पर्यो । अनिलले ३४ बलमा ३ छक्का र २ चौका, पारसले ३६ बलमा २ छक्का तथा बाबरले १ छक्का र ५ चौका प्रहार गरे ।

म्यान अफ द म्याच अनिल शाह

ललितपुरका सन्दिप लामिछानेले २ विकेट लिन २९ रन खर्चिए भने सुबोध भाटी र योगेश नागरको नाममा १/१ विकेट रह्यो ।

जवाफमा १५१ रनको लक्ष्य पछ्याएको ललितपुर प्याट्रीयट्सले पुरै २० ओभरमा ४ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो र ६ रनले पराजित भयो । उसका लागि ओपनर पवन सर्राफले ५१ रनको पारि खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । पवनले ४७ बलमा १      छक्का र ४ चौका प्रहार गरे । योगेश नागरले ३१ बलमा २७ रनको पारि खेल्दा २० रन अतिरिक्त आएको थियो ।

ललितपुरलाई लक्ष्य अगावै रोक्न बिराटनगरका कप्तान पारस खड्काले एकोनोमिकल बलिङ्ग गर्दै ३ ओभरमा १५ रन खर्चेर १ विकेट हात पारे । अन्स्युमन राथले २ ओभरमा २३ रन खर्चिएपनि ५१ रन बनाएका पवन सर्राफको विकेट लिए भने करण केसीको नाममा १ विकेट रह्यो ।

प्रतियोगितामा भोलि दुई खेलहरु हुनेछन्, पहिलो खेलमा बिराटनगर वारियर्सले पोखरा राइनोजको सामना गर्नेछ भने दोश्रो खेलमा भैरहवा ग्लाडीएटर्सले काठमाण्डौ किंग्स ११ को सामना गर्ने छ ।

 





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]