पोखराको खराब ब्याटिंग, भैरहवालाई १०९ रनको लक्ष्य

  • विकेटनेपाल, पौष १० – सोमबार

राम्रो सुरुवातका बाबजुत मध्यक्रम चल्न नसक्दा पोखराले १०८ रन बनाउदा १८.३ ओभरमा सबै विकेट गुमाएपछी भैरहवाले जितको लागि १०९ रनको लक्ष्य पाएको छ ।

|| स्कोरकार्ड || बल बाई बल अपडेट ||

टस जितेर पहिले ब्याटिंग गरेको पोखराले राम्रो सुरुवात गर्यो । ओपनर सुनिल धमलाले प्रथम सालुंखेको बलमा पहिलो विकेटको रुपमा आउट हुनुअघि १६ बलमा २ चौका सहित १५ रन बनाएका थिए जतिबेला टिमको स्कोर २३ रन रहेको थियो । त्यसपछि इस्रार उल्लाहले दोश्रो विकेटको लागि असिफ अलि भुवन कार्कीको बलमा आउट हुनु अघि २४ रनको साझेदारी गरे । अलि १० रनमा पेभेलियन फर्किए ।

त्यसपछि अर्को छेउबाट लगातार विकेट झरेपछि टिमले राम्रो सुरुवातलाई ठुलो स्कोरमा बदल्ने मौका गुमाउन पुग्यो । इस्रार उल्लाहले अर्को छेउको प्रेसरले ४० बलमा ६ चौका सहित ४१ रन प्रहार गर्दै ठुलो सट खेल्ने चक्करमा बाउन्ड्रीमा क्याच आउट भए । नुरधोज सेनले ७, सौरभ खनालले १ छक्का सहित ९, ताज अलिले ४, शक्ति गौचनले अविजित ३, बिक्रम सोभले २ रन बनाउदा बिनोद भण्डारी गोल्डेन डक र राजेश पुलामी डक आउट भए । पोखराले अतिरिक्त १७ रन पाएको थियो ।

बलिंगतर्फ भैरहवाका दिपेश श्रेष्ठले १४ रन खर्चेर २, शरद भेसावाकरले १८ रन खर्चेर २ तथा कृष्ण कार्कीले २३ रन खर्चेर २ विकेट हातपार्दा प्रथम सालुंखे, हरिशंकर शाह र आरिफ शेखले समान १ विकेट हात पारेका छन् ।





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]