पोखराको सहज जित, काठमाण्डौको सेमीफाइनल यात्रा कठिन

  • विकेटनेपाल, पौष ७ – शुक्रबार

किर्तिपुर मैदानमा भएको दिनको पहिलो खेलमा पोखराले काठमाण्डौमाथि १० बल अगावै ६ विकेटको सहज जित हात पारेको छ । यो सँगै काठमाण्डौको सेमीफाइनल यात्रा कठिन बनेको छ ।

|| स्कोरकार्ड || अंक तालिका ||

काठमान्डौ ४ खेलमध्य ३ खेलमा पराजित भएको छ भने १ खेलमा जित हात पार्दा २ अंक रहेको छ भने बिराटनगर र भैरहवाले खेलेका दुवै खेलमा जित हात पार्दै ४ अंक बनाएका छन्, त्यस्तै आजको जितपछि पोखराको पनि ३ खेलबाट ४ अंक भएको छ । ललितपुरले काठमाण्डौले भन्दा १ खेल कम खेलेको छ र उसको पनि समान २ अंक रहेको छ भने पुच्छारको चितवन खेलेका दुवै खेलमा पराजित भएको छ ।

९९ रनको लक्ष्य पाएको पोखराले मात्र ४ विकेट गुमाएर १८.२ ओभरमा लक्ष्य पुरा गर्यो । पाकिस्तानी खेलाडी इस्रार उल्लाहले अविजित ४४ रनको पारि खेल्नेक्रममा ४७ बलमा २ छक्का र ३ चौका प्रहार गरे । त्यस्तै सुनिल धमलाले २० रन बनाउदा बिनोद भण्डारी ३, असिफ अलि ४ र राजेश पुलामी ८ रनमा आउट भए । कप्तान शक्ति गौचनले अविजित १८ रन बनाउने क्रममा ३ चौका सहित १८ बल खेले ।

बलिंगतर्फ सागर पुनले २ तथा बिक्रम भुसालले १ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन ।

पहिले ब्याटिंग गरेको काठमाण्डौ किंग्स ११ ले सामान्य प्रदर्शन गर्दै २० ओभरको समाप्तीमा ८ विकेट गुमाएर ९८ रन बनाएको थियो ।

पहिलो ओभरमा नै ओपनर अमित श्रेष्ठ र कप्तान फर्वीज महरूफ़लाई शुन्य रनमा गुमाएको उसका लागि अर्का ओपनर सागर पुनले धैर्यसाथ खेल्दै टिमलाई सम्हालेका थिए । सागर पुनले शक्ति गौचनको बलमा क्याच आउट हुनु अघि ३७ रन बनाउन ४३ बल खेले जसमा १ छक्का र २ चौका सामेल थियो ।

त्यस्तै राजु रिजालले २९ बलमा १७, सोमपाल कामिले १७ बलमा १० रन बनाउदा सिद्धान्त लोहनी ४, अक्ष्यु फर्नान्डो ७, अमर सिंह रौटेला ६ रन बनाएर आउट भए । बिक्रम भुसालले ६ बलमा अविजित ८ तथा एस कुमारले अविजित १ रन बनाए ।

पोखराका लागि कप्तान शक्ति गौचनले २० रन खर्चेर अमर सिंह रौटेला र सागर पुनलाई आउट गरे, सुशन भारी र बिक्रम सोबले पनि समान २ विकेट हात पार्दा ताज वली र इस्रार उल्लाहले समान १ विकेट लिए ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]