प्रनितको उत्कृस्ट इनिंगमा नेपालको जित

pranit thapa

आईसीसी यु-१९ बिश्वकप एसिया छनौट प्रतियोगिताको लागि भारत भ्रमणमा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा फ्रेन्ड्स स्पोर्ट्स एकेडेमीलाई १२१ रनले पराजित गरेको छ l  ( स्कोरकार्ड )

गौतम बुद्ध युनिभर्सिटी एकेडेमी नोयडा मैदानमा टस हारेको नेपाली क्रिकेट टिमले खराब सुरुवात गरेको थियो l

वर्षाको कारण ४० ओभरमा घटाइएको खेलको नवौ ओभरमा २५/३ को खराब स्थितिमा रहेको नेपालले ओपनर सन्दिप सुनार र आसिफ शेखलाई क्रमशः १० र ० को स्कोरमा गुमाएको थियो भने तेश्रो नम्बरका आदील खानले १३ र बनाएका थिए l

चौथो नम्बरमा ब्याटिंग गर्न आएका दिपेन्द्र ऐरी र पाचौ नम्बरका प्रनित थापाले चौथो विकेटको लागि १०५ रनको बिशाल साझेदारी गरेपछि नेपाल ठुलो स्कोर तर्फ अघि बढेको थियो l

अर्धशतक प्रहार गरेपछि प्रनित थापा l ( फोटो – रमन शिवाकोटी )

दिपेन्द्रले ५० बलमा २ चौका र २ छक्का मदतले ४३ रन योगदान दिएका थिए भने प्रनितले ७ चौका र ३ छक्का प्रहार गर्दै ८७ रन योगदान दिएका थिए l अनिल कुमार शाहले आक्रामक ५० रनको इनिंग हेल्दी ३४ बलमा ३ छक्का र २ चौका मदतले ५० रन योगदान दिए l रोहित पौडेलले ७ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २३ रन बनाएपछि नेपालले निर्धारित ४० ओभरको इनिंगमा ७ विकेट गुमाई २५० रन बनाएको थियो l

बलिंग तर्फ फ्रेन्ड्सका सोनु गुज्जारले सर्बाधिक ३ तथा कनिसिक भाटीले २ विकेट हात पारेका थिए l

जवाफमा २५१ रन लक्ष पछ्याएको स्थानीय टिमले खराब ब्याटिंग प्रदर्शन गर्यो र  ३२ ओभरमा सम्पूर्ण विकेट गुमाई १२९ रन मात्रै बनाउन सकेको थियो l

शाहब आलमले ३ विकेट लिने क्रममा ५ ओभरमा २ मेडन ओभर सहित १३ रन खर्चिए भने सन्दिप लामिछाने र रोहित पौडेलले २/२ विकेट लिएपछि फ्रेन्ड्स एकेडेमी निरिह बनेको थियो l

नेपालले दोश्रो अभ्यास खेल बुधबार खेल्ने कार्यक्रम रहेको छ l

१५ देखि २५ जुलाईसम्म आयोजना हुने आईसीसी यु-१९ बिश्वकप छनौट ( एसिया ) प्रतियोगिताको लागि नेपाली टिम असार ९ गते भारतको नोयडा पुगेको थियो l जुलाई १४ तारिकमा नेपाली टिम भारतबाटै सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ l

यो पनि पढ्नुस :-





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]