चितवन टाइगर्सको कप्तानी पृथुलाई, घाइते सुबासलाई नयाँ जिम्मेवारी

२०७४ मंसिर २७, बुधबार ०६:४८

  • विकेटनेपाल, मङ्सिर २४

एभरेष्ट प्रिमियर लिगको टिम चितवन टाइगर्सले पृथु बास्कोटालाई कप्तानीको जिम्मेवारी सुम्पेको छ।

दिपेन्द्र ऐरी मार्की प्लेयर रहेको टाइगर्सले ऐरीको सट्टा टिमका अनुभवी खेलाडी पृथुलाई महत्वपूर्ण रोल दिएको हो। रास्ट्रिय क्रिकेट टिमका सदस्य रहीसकेका बास्कोटाले नेपाली अन्डर-१९/१७/१५ तिनवटा टिमको सफल कप्तानी गरिसकेका छन्। उनकै कप्तानीमा नेपालले एसीसी यु १५ र यु १७ प्रतियोगिताको उपाधी जितेको थियो भने सन् २०१२ आईसीसी यु १९ विश्वकपमा पनि प्रतिनिधित्व गरेको थियो।

पौष ३ गतेदेखि सुरु हुने ईपीएलको लागि चितवनले प्रशिक्षकको रुपमा कलाम अलि र दिपेन्द्र चौधरीलाई नियुक्ति गरेको छ। दिपेन्द्र चौधरीले ब्याटिंगको भूमिका हेर्नेछन् भने कलाम अलिले बलिंग प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्। कलाम अलि गत बर्ष पन्चकन्या तेजले ईपीएल उपाधी जित्दा मुख्य प्रशिक्षक थिए।

कलाम अलि , दिपेन्द्र चौधरी

भर्खरै एसीसी यु-१९ ईस्टर्न रिजनको उपाधी जित्दा तथा यु-१९ एसीसी इमर्जिंग कपमा भारतलाई पराजित गर्दै पहिलो पल्ट सेमिफाइनलको यात्रा गर्दा कलाम अलि टिमको सहायक प्रशिक्षकको भूमिकामा थिए। त्यस्तै दिपेन्द्र चौधरीले धनगढी प्रिमियर लिगको उपविजेता टिम बिराटनगर किंग्सको प्रशिक्षण गरेका थिए भने लगातार नेपाली यु-१९ टिमलाई सघाइरहेका छन्। दुवै प्रशिक्षक पुर्व रास्ट्रिय क्रिकेटर समेत हुन्।

यो पनि पढ्नुस११ फोटोमा हेर्नुस, ईपीएलमा यस्तो देखिनेछ टियु मैदान

सुबासको सट्टा अनिल मण्डल 

अक्सनमा चितवनले १ लाख मूल्यमा खरिद गरेको सुबास खकुरेल हातमा लागेको चोट निको नभएपछि खेल्न नसक्ने हुँदा उनको सट्टा अनिल कुमार मण्डललाई टिममा समावेश गरेको छ। सुबासको हात मोटरसाइकल दुर्घटनामा फ्याक्चर भएको थियो। सुबास खेल्न नसक्ने भएपछी टिमले उनलाई टिम म्यानेजरको रुपमा नियुक्ति गरेको छ। सुबासको सट्टा मौका पाएका अनिल मण्डल ईपीएल अक्सनमा बिक्रि भएका थिएनन्।

अनिल मण्डल, सुबास खकुरेल

नेपाली रास्ट्रीय टिमको प्रतिनिधित्व गरिसकेका तथा यु-१९ रास्ट्रीय टिमको कप्तान समेत रहेका दिपेन्द्र सिंह ऐरी मार्की प्लेयर रहेको टिममा सन्दिप सुनार, शाहब आलम, दिलिप नाथ, सुनाम गौतम, ललित भण्डारी, योगेन्द्र कार्की, कमल सिंह ऐरी, भिम सार्की रहेका छन् ।

टाइगर्सले प्रतियोगिताको दोश्रो दिन अर्थात पौष ४ गते शक्ति गौचन, बिनोद भण्डारी जस्ता स्टार खेलाडीहरु रहेको पोखरा राइनोजबिरुद्द खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

खेलाडी खरिदमा ९ लाख २० हजार रुपैयाँ खर्चेको टाइगर्सले सबैभन्दा महँगोमा पृथु बास्कोटालाई १ लाख ४० हजार रुपियाँमा किनेको थियो। त्यस्तै शाहब आलम र ललित सिंह भण्डारीलाई समान १ लाख २५ हजारमा भित्र्याएको थियो।

यो पनि पढ्नुस ईपीएल टिकट मूल्य घोषणा, यस्ता छन् दर्शकलाई आकर्षण

ईपीएल टि-२० प्रतियोगिता पौष ३ गतेदेखि सुरु भएर पौष १५ गते सकिनेछ। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ किंग्स एक्स-आई र ललितपुर प्याटरिएट्स प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेल पछि पुष ८ गते सम्म दिनहुँ २ वटा खेल आयोजना हुनेछन्। पुष ९ गते १ दिन कुनै पनि खेल हुनेछैनन्।

ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन्।

काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहेका छन् । लिगको बिजेताले २१ लाख रुपियाँ पाउनेछ ।

ईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेल ललितपुर र काठमाडौँ बीच

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy