त्यही मुस्कान फेरी देख्ने इच्छा

Pubudu Dassanayake

पुबुदु दासानायकेसंग झन्डै ३ बर्ष अघिको मेरो पहिलो भेट अविस्मरणीय छ। भर्खर नेपाली टिमको प्रशिक्षक चुनिएका उनि टियु मैदानमा नेपाली टिमलाई अभ्यास गराऊदै थिए , म अभ्यास हेर्न र उनिसंग भेट्न मैदान पुगेको थिए ।

“हाई ! बिराट ” म अचम्ममा परे उनले मलाई बोलाउदा , म झसंग ! भएर अभिवादन गरे । अभ्यासको फोटो र पुबुदुको अन्तरबार्ता लिने मेरो उद्देश्य थियो, अभ्यास सकिदा साँझ पर्यो । उनले मलाई आफ्नो कारमा संगै जान अनुरोध गरे, म कसरि नाई भन्न सक्थे ? बाटोमा निकै गफ गरेको मलाई अझै पनि याद छ ।

पुबुदुसंग मेरो चिनजान उनि नेपाली टिमको प्रशिक्षक चुनिनु भन्दा अघिनै फेसबुकमा भएको थियो । उनि लगायत थप केहिको नाम नेपालको प्रशिक्षक हुने सुचीमा थियो त्यसैले मैले फेसबुकमा सर्च गरि उनलाई साथी बन्ने प्रस्ताब पठाएको थिए । प्रशिक्षक घोषणा हुनु अघिनै उनिसंग कुराकानी गरेको थिए ।

प्रशिक्षक भएर आएपछि मैदानमा सबै खेलाडीको अघि फेसबुकमा देखेको भरमा मलाई चिन्दा उनको तिखो स्मरण र ठुलो नहुने बानिसंग म परिचित भए । प्रशिक्षक हुने पक्का भएपछि मैले उनलाई आफ्नो फेसबुक पेज बनाउन अनुरोध गरेको थिए, उनले म्यासेज गर्दै आफ्नो फेसबुक पेज मलाई बनाईदिन अनुरोध गर्दा मेरो उत्साह उत्कर्षमा थियो । फेसबुक पेज बनाएर उनलाई एडमिन बनाएपछि उनले त्यसैलाई आफ्नो अधिकारिक पेज बनाई अपडेट गर्न थाल्दा उनले मप्रति गरेको बिश्वासको हृदय देखि सम्मान गरे ।

आफ्नो कुरा ब्यक्त गर्न मन पराउने ब्यक्तिको रुपमा म उनलाई चिन्छु । मैदान पुग्दा, फेसबुकमा म्यासेज पठाउदा उनि नबोली बिरलै बसे । फेसबुक ग्रुपमा फ्यानहरुसंग प्रत्यक्ष अन्तरबार्ता होस् या टियु मैदानको चर्को घाममा फ्यानहरुसंगको अन्तरक्रिया उनले मेरो अनुरोध सायदै नाई भनेका छन् । मैदानमा भेट्दा अभिबादन गर्न उनले कहिले नमस्कार कुरेनन्, भेट्दा पहिले आफैले “हाई” भनेर मुस्काउनु उनको “ट्रेडमार्क” झैँ लाग्छ । कसैलाई पनि भेट्दा मुसुक्क हाँसेर, कसिलो हात मिलाउने बानि मलाई उनको निकै प्रिय लाग्छ, यस्तो लाग्छ उनि सबैलाई उतिकै महत्व दिने गर्छन् ।

न्युजिल्यान्ड एकदिवसीय बिश्वकप छनौट प्रतियोगितामा नेपाली टोलिले निकै नमिठो हार बेहोर्यो । प्रतियोगिता पछि उनि नेपाली टोलिसंगै फर्किएका थिए । एअरपोर्टमा नेपाली टोलिलाई स्वागत गर्न औलामा गन्न सकिने समर्थकहरु पुग्दा कुनै पनि पत्रकार पुगेका थिएनन् । आँखाभरि आँसु लिएर फर्केका नेपाली टिम स्वागत गर्न राति ११ बजे एअरपोर्ट पुग्न अफ्टेरो लाग्दै पुगेको थिए । टि-२० बिश्वकप अघि उनले एउटा कार्यक्रममा त्यसबेला म मात्रै एअरपोर्ट पुगेको प्रसङ्ग कोट्याएको क्षण मेरो सम्झनामा ताजा छ । खै मलाई उनि फर्कने बिश्वास भएर हो कि उनि पछिल्लो समय क्यानाडा फर्कदा म एअरपोर्ट पुगिन ।

नेपाललाई खेलकुद इतिहासकै सर्बाधिक ठुला सफलता दिलाएका प्रशिक्षक पुबुदुले मसंग पहिलो पटक कुरा गर्दा मैले क्यानाडा टिमलाई जस्तै नेपाली टिमलाई पनि बिश्वकप सम्म पुर्याउन भनेको थिए । नेपाली टोलिसंग निकै माथि पुग्ने क्षमता रहेको बारम्बार बताएका उनले आखिर गरेरै देखाईदिए । टि-२० बिश्वकपमा ऐतिहासिक सहभागिता पछि धेरैले सुनौलो क्रिकेटको भबिष्यको सपना बुन्दै गर्दा सबैले पुबुदु दासानायकेलाईनै त्यसको नायक माने । तर अस्चार्य ! उनि यतिबेला नेपाली क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारीमा छैनन् । सबैलाई थाहा छ उनको महत्व अझ बढी उनि संगै शिखरको सपना देखेका खेलाडीहरुलाई र क्रिकेटलाई नजिकबाट नियाल्नेहरुलाई । त्यसैले उनको अनुपस्थितिले उथलपुथल हुँदैछ जो बिना नेपाली क्रिकेट अपांग झैँ बनेको छ ।

अन्तिम पटक क्यानाडा जानु अघि राति उनले कार्यक्रम राखेका थिए नजिकका केहिलाई निम्तो दिएका थिए । निकै अफ्टेरो लागेको थियो त्यो साँझ । उनले नेपाली क्रिकेटलाई सधै यस्तै समर्थन गर्न आग्रह गर्दै यो अवस्थामा झनै समर्थकहरुको साथ नेपाली क्रिकेटलाई आवस्यक रहेको सम्झाएका थिए । किन-किन मलाई उनि नेपाल नफर्कलान जस्तो त्यो बेला पनि लागेको थिएन । उनले बोल्दै गर्दा मेरा दुवै हात पछाडी थियो र हात जस्तै मेरा आँसुहरु बाँधेर राखेको थिए । उनलाई सबै कुराको लागि धन्यवाद भन्दै “तपाई फर्कनु हुन्छ” भन्दा उनले मुसुक्क हाँसेको मलाई याद छ । त्यही मुस्कान फेरी देख्ने इच्छा चाडै पुरा हुने कामना र फेरी “हाई” भनेर कसिलो हात मिलाउने प्रतिक्षामा ।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]