पुनः क्यान अध्यक्षमा उठ्ने चन्दको घोषणा

नेपाल क्रिकेट सङ्घका (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले फेरि पनि अध्यक्षमा उठ्ने घोषणा गरेका छन्।

नेपाल क्रिकेट सङ्घ कैलाली जिल्लाको अधिवेशन उद्घाटन समारोहमा उनले नेपाली क्रिकेट अप्ठ्यारो अवस्थामा रहेको बेलामा काम गरेर अहिलेको अवस्थामा ल्याइपुर्‍याएकोले एक पटक पुनः अन्तिम पटकको लागि अध्यक्ष पदमा आउन चाहेको बताए।

आफू निर्वाचित भए अब सुदूरपश्चिमका लागि विशेष प्याकेजका रूपमा काम गर्ने समेत प्रतिबद्धता उनले व्यक्त गरे-

क्रिकेट सङ्घ विस्तारमा सुदूरपश्चिम मात्र नभै देशका कुना कन्दरामा आफू प्रत्यक्ष सहभागी भई काम गरेको दाबी गर्दै उनले आफूलाई फेरि अध्यक्षमा जिताउनेमा ढुक्क रहेको बताएका छन् । सुदूरपश्चिमका कैलालीसहितका ७ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएकोमा उनले खुसी व्यक्त गरे।

जिल्ला क्रिकेट सङ्घ कैलालीको अधिवेशनले विक्रम विष्टको नेतृत्वमा सर्वसम्मत कार्यसमिति पनि चयन गरेको छ।

जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः बिक्रम बिस्ट

जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः बिक्रम बिस्ट निर्वाचित भएका छन् । बिहिवार जिल्लाको सातौं अधिवेशनबाट बिस्ट सर्वसम्मत दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन । कैलाली जिल्लामा रहेर लामो समयदेखि क्रिकेटजन्य गतिविधिमा सकृय रहेका बिस्टलाई पुनः जिल्ला हाँक्ने जिम्मेवारी प्राप्त भएको हो ।

यस्तै उपाध्यक्षमा सम्भु लामिछाने,सचिबमा देव नारायण झा,कोषाध्यक्षमा विक्रम लामा त्यस्तै सदस्यहरुमा क्रमशः रतन बहादुर कठायत,बाबुराजा श्रेष्ठ,रुपक बिस्ट,ज्ञानेन्द्र दडिमाना क्षेत्री,गणेश रजक,दिनेश महर्जन,लोक बहादुर खड्का (रबि),गोविन्द राज जोशी,पदम ब.सिंह,सम्राट सिंह र कमल राज जोशी निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला क्रिकेट संघ कैलालीको अधिवेशनमा ५ जना सम्मानित

जिल्ला क्रिकेट संघ कैलालीको सातौँ अधिवेशनमा ५ जना सम्मानित भएका हुन । बिहीबार निर्माण व्यवसायी संघ कैलालीको सभाहलमा सम्पन्न सातौं अधिवेशनमा क्रिकेटमा लामो समयदेखि सकृय रहि अध्यक्ष जस्तो जिम्मेवारपुर्ण पदमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाली क्रिकेटमा योगदान पुर्‍याएको भन्दै नेपाल कृकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दलाई सम्मान गरेको हो । त्यस्तै कैलाली जिल्ला क्रिकेट संघका पुर्व अध्यक्ष धर्म बहादुर बोहरा,पुर्व सचीव गणेश नेपाली,पुर्व कोषाध्यक्ष मदन बहादुर कुँवर र धनगढी कृकेट एकेडमीका अध्यक्ष सुवास शाही सम्मानित भएका हुन् ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]