राशिद खान बलिंग-ब्याटिंग दुवैमा चम्किदा एडलेडको जित : बिग-ब्यास

  • विकेटनेपाल, २३ पौष- आइतबार 

अफगानिस्तान स्टार लेगस्पिनर राशिद खानको अलराउण्ड प्रदर्शन मदतले बिग-ब्यास लिगको २० औं खेलमा एडलेड स्ट्राइकर्सले सिड्नी थन्डर्सलाई २५ रनले पराजित गरेको छ।

जितसंगै एडलेड स्ट्राइकर्स अंकतालिकाको शिर्षस्थानमा उक्लेको छ जसले ५ खेलमा ४ जित र १ हार सहित ८ अंक बटुलेको छ। तालिकामा मेलबर्न रेनेगेड्स, ब्रिसबेन हिट, पर्थ स्करचर्स समान ८ अंक रहेपनि नेट- रनरेटको आधारमा क्रमश दोश्रो, तेश्रो र चौथो स्थानमा रहेका छन्।

टस जितेर सिड्नीमा ब्याटिंग गरेको स्ट्राइकर्सले २० ओभरमा ७ विकेट गुमाएर १५८ रनको स्कोर बनाएको थियो। जवाफमा  सिड्नी थन्डर्सले २० ओभर ब्याटिंग गरेपनि ९ विकेट गुमाई १३३ रन मात्रै बनाउन सक्यो।

खेलको म्यान अफ द म्याच चुनिएका राशिदले ब्याटिंगतर्फ १६ रन बनाएका थिए जुनक्रममा मात्र ६ बलमा २ छक्का प्रहार गरे। यस्तै बलिंगमा पनि उनले उत्कृस्ट फर्म दोहोर्याउदै २ विकेट लिने क्रममा ४ ओभरमा मात्र २१ रन खर्चिएका थिए।

भिडियोमा हेर्नुस खेलको हाइलाइट 

https://youtu.be/G7Ab4CTNCVg?t=1m33s

पहिलो इनिंगमा स्ट्राइकर्सको लागि कोलिन इन्ग्रामले सर्बाधिक ४८ रन ( ३१ बल, ४ छक्का , २ चौका ) तथा ओपनर एलेक्स केरेले ३४ रन ( २८ बल, ४ चौका, १ छक्का ) योगदान दिएका थिए। थन्डर्स बलर फवाद एह्मदले ३ तथा गुरिन्दर सन्धुले २ विकेट हात पारेका थिए।

दोश्रो इनिंगमा थन्डर्सले खराब ब्याटिंग गर्यो जसको लागि बेन रोहरर र कुर्टिस प्याटरसनले समान २९ रनको योगदान दिएका थिए। स्ट्राइकर्स बलर मिचेल नेसेरले सर्बाधिक ३ विकेट तथा पिटर सिडल र राशिद खानले २/२ विकेट आफ्नो नाम गरे।

रासिद खानको उत्कृस्ट फर्म

बिग ब्यास लिगमा अफगानिस्तान लेग स्पिनर रासिद खानको प्रदर्शन उत्कृस्ट रहँदै आएको छ। एड्लेड स्ट्राइकर्सको प्रतिनिधित्व गरिरहेका उनले खेलेको ५ वटा खेलमा १० विकेट हात पारिसकेका छन्।

धेरै विकेट लिने बलरको सुचीमा तेश्रो स्थानमा रहेका रसिदले ५.१० प्रतिओभर रन दिएका छन् जुन प्रतियोगिताकै उत्कृस्ट हो। यस्तै उनले १०.२ को एभरेज र १२ को स्ट्राइक रेटले विकेट लिईरहेका छन्।

धेरै विकेट लिने सुचीको शिर्ष स्थानमा पार्थ पर्थ स्करचरर्सका एन्ड्रु टाई ५ खेलमा १४ विकेट सहित छन् भने मर्लबर्न रेनेगेड्सको लागि खेलिरहेका ड्वेन ब्राभो १२ विकेट सहित दोश्रो स्थानमा र एड्लेद स्ट्राइकर्सका बेन लाफ्लिन १० विकेट सहित चौथो स्थानमा छन्।

बिगब्यासमा अर्का अफगानिस्तान क्रिकेटर मोहम्मद नाबीले मेर्लबर्न रेनेगेड्सको लागि  मेर्लबर्न स्टार्स बिरुद्ध शनिबार जित हाँसिल गर्ने क्रममा म्यान अफ द म्याच चुनिएका थिए जुन क्रममा उनले आक्रामक ब्याटिंग गर्दै ५२ रनको विस्फोटक पारि खेलेका थिए। बिस्तारमा पढ्नुस 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]