राईजिग क्रिकेट वुमन र झापा सेमिफाईनलमा

२०७४ बैशाख २४, आईतवार ००:००

रुस्लान अत्तरीया कप २०७४
धनगढी, वैशाख २३

देशकै सर्वाधिक धनराशीको रुस्लान अत्तरीया कप महिला राष्टिय क्रिकेट प्रतियोगितामा राईजिग क्रिकेट वुमन काठमाण्डौ र झापा क्रिकेट एकेडेमी सेमिफाईनलमा प्रवेश गरेका छन् । अत्तरीयामा जारी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार विहान भएको खेलमा लगातार दोस्रो जित हात पार्दै राईजिग अन्तिम चारमा पुगेको छ।

बारा क्रिकेट एकेडेमीलाई हराएर समुह वी को विजेता वन्दै राईजिग सेमिफाईनल पुगेको हो । यसअघि राईजिगले कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई १७ रनले हराएको थियो । यस्तै समुह ए को खेला उपविजेता वन्दै भापा क्रिकेट एकेडेमी पनि अन्तिम चारमा पुगेको हो । झापाले कञ्चनपुर क्रिकेट एकेडेमीलाई २८ रनले किनारा लगाएको हो । समुह एक को उप विजेता झापा र समुह वी को विजेता राईजिग क्रिकेट वुमन काठमाण्डौले सोमवार फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन ।

अत्तरीया स्थित शसस्त्र प्रहरी वलको खेल मैदानमा टस जितेर पहिले व्याटिग गर्दै निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा प्रतियोगिताकै सर्वाधिक वढी २०३ रन वनायो । टोलीलाई उच्च स्कोर तर्फ डोराउनका लागि वंगलादेशी खेलाडी सहनाज प्रविणले ९८ रनको उच्च स्कोरको पारी खेलिन् । शतक वनाउनवाट दुई रनले चुकेकी प्रविणले ६१ वलको सामना गर्दै १६ चौका प्रहार गरिन् ।

त्यस्तै अर्की भारतीय खेलाडी साम्पा मुखर्जीले ४८ रन वनाईन । प्रतियोगितामा अहिलेसम्म एक मात्रै छक्का प्रहार गरेकी मुखर्जीले ७ चौका पनि हानिन् । उनले २९ वलको सामना गरिन् । टीमका लागि नेरी थापाले पनि १२ वलमा ५ चौकाको मदत्तले २८ रन वनाईन् । राईजिगलाई सर्वाधिक स्कोर वनाउनका लागि प्रविण र नेरीले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरिन । तेस्रो विकेटका लागि प्रविण र मुखर्जीले १ सय ३ रनको साझेदनरी गरेकी थिईन् । वाराकी रविना विसुन्के र सामना पुनले एक एक विकेट लिईन् ।

२०४ रनको विजय लक्ष्य लिएर मैदान उत्र्रिएको वारा निर्धारित २० ओभरमा ९ विकेट क्षतीमा ७३ रनमा मात्रै समेटियो । वाराका लागि गीता गोसाईले ३७ रनको उच्च स्कोर वनाईन । उनी वाहेक कुनै पनि खेलाडीले दोहोरो रन अंक स्कोर जोड्न सकेनन् । चार जना खेलाडी शुन्यमा आउट भए । राईजिगका लागि शान्ति खतिवडाले ३ विकेट लिईन । अस्मीना कर्माचार्य नेरी थापा आरती विडारी र कृति सेनले एक एक विकेट लिईन् । खेलको वुमन अफ द म्याच हुदै सहनाज प्रविणले नगद ३ हजार हात पारिन् ।

शनिवारनै भएको दोस्रो खेलमा मिलन एकेडेमी झापाले कञ्चनपुरलाई किनारा लगाएर आफ्नो स्थान सुरक्षित गरेको हो । टस जितेर पहिले व्याटिग गर्दै मिलन एकेडेमी झापाले निर्धारित २० ओभरमा ६ विकेट क्षतीमा एक सय ४६ रन वनायो । टीमका लागि मान्सी चौधरीले सर्वाधिक ४७ रन वनाईन । ३३ वलको सामना गरेकी उनले ७ चौका प्रहार गरिन् । त्यस्तै रितु जैन र मुस्कान वेगमले १८ रनको योगदान दिईन् । पाचौ विकेटका लागि रितु र रोमा थापाले ५८ रनको तथा रितु र मुस्कानले छैटौ विकेटका लागि ४८ रनको साझेदारी गरिन् । कञ्चनपुरकी डली भटट्ले ३ विकेट लिईन् । मन्जु विष्टले दुई र जानकी भटट्ले १ विकेट लिईन ।

१ सय ४७ रनको विजय लिएर मैदान उत्रिएको कञ्चनपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा ११९ रन मात्रै वनाउन सक्यो । सुरुवाता राम्रो भएपनि मध्यक्रम नचल्दा लगातार दोस्रो हारपछि कञ्चनपुर वाहिरिएको हो । कञ्चनपुरका लागि कविता जोशीले ५२ रनको अर्धशतकीय पारी खेले पनि आफ्नो टीमलाई जिताउन सकिनन् । त्यस्तै रेखा रावल र विन्दु रावलले ११÷११ रन वनाईन । झापाका लागि सवनम राई संगीता राई रितु जैन र कविता गौतमले एक एक विकेट लिईन । वुमन अफ द म्याच हुदै झापाकी रितु जैनले नगद ३ हजार हात पारिन ।

प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा समुह वी मा रहेका कैलाली जिल्ला क्रिकेट एकेडेमी र वारा क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन । दुवैले पहिलो खेलमा हार व्यहोरेका छन । अव आईतवार विहान हुन दुवै वीचको खेलमा जित हात पार्ने टोली सेमिफाईनल पुग्नेछ । यसअघि नै एपिएफ अन्तिम चारमा पुगिसकेको छ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख प्राप्त गर्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy