रोमान्चक फाइनलमा एपीएफलाई पराजित गर्दै राइजिंग वुमेन्सलाई अत्तरिया कपको उपाधि

  • विकेटनेपाल, धनगढी, वैशाख २६

कैलालीको अत्तरीयामा भएको रुस्लान अत्तरीया कपमा विभागीय टोली एपिएफलाई पराजित गर्दै राईजिङ्ग क्रिकेट वुमन काठमाण्डौले उपाधि जितेको छ । उपाधि संगै उसले नगद २ लाख र ट्रफी हात पारेको छ भने दोस्रो भएको विभागिय टीम एपिएफले १ लाखमै चित्त वुझाएको छ ।

अत्तरीया स्थित एपिएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ्ग गरेको राईजिङ्ग क्रिकेट वुमन काठमाण्डौले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ५२ रन बनायो । राईजिङ्गका लागि अलराउण्डर विदेशी खेलाडी पुजा निमा भाटले ३८ बलको सामना गर्दै ४ चौकाको मद्दतले ३७ रन बनाईन्। त्यस्तै सहनाज प्रविण २५, शान्ता मुखर्जी २३, शान्ति खतिवडा २१, नेरी थापा र आरती विडारीले समान १३-१३ रन बनाए । एपिएफकी सरिता मगरले ४ ओभरमा २९ रन खर्चिदै ३ विकेट लिईन् । त्यस्तै एपिएफकी करुणा भण्डारीले समेत २ विकेट हात पारिन् ।

१ सय ५३ रनको विजय लक्ष्य पछ्याउदै मैदान प्रबेश गरेको विभागिय टिम एपिएफले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रन मात्रै बनाउन सक्यो । एपिएफकी ज्योती पाण्डेले ४२ बल खेल्दै ५ चौकाको मद्दतले ४८ रन बनाएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकिनन् । त्यस्तै एफिएफकी करुणा भण्डारीले २४ र सरिता मगरले २१ रन बनाएपनि बाँकी खेलाडीले भने दोहरो अंकको रन बनाउन सकेनन् ।

एपिएफलाई सस्तैमा समेट्न राईजिङ्ग क्रिकेट वुमन काठमाण्डौकी पुजा निमाभाटले ४ ओभरमा १७ रन खर्चिदै ४ विकेट हात पारिन् । जितपछि प्रतिक्रिया दिदै राईजिग वुमन काठमाण्डौकी कप्तान आरती विडारीले आफुहरुले सोचे अनुसारको प्रदर्शन गर्न सफल भएको र १५० रन बनाउन सकेमा जित्न सक्ने रणनिति अनुसार जित हासिल गरेको बताउनुभयो।

एपिएफकी कप्ता बिनु बुढा मगरले सुरुवात राम्रो भएपनि मध्येक्रम चल्न नसक्दा र विपक्षी टोलीका विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनले पराजित हुनुपरेको बताउनुभयो।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रम गरी सिल्ड नगद तथा प्रमाण पत्र वितरण गरिएको छ । प्रतियोगितामा १ सय ७ रन बनाउदै ११ विकेट लिएकी राईजिङ्ग क्रिकेट वुमन काठमाण्डौकी पुजा निमाभाट उत्कृष्ट खेलाडी घोषित हुदै नगद २५ हजार रुपैया हात पारिन् । त्यस्तै राईजिङ्गकै शान्ता मुखर्जी उत्कृष्ठ विकेट किपर भईन् भने विभागिय टोली एपिएफकी ज्योति पाण्डे र सरिता मगर क्रमशः उत्कृष्ठ ब्याट्वुमन र बलर घोषित हुदै १० हजार नगद प्राप्त गरे ।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]