अम्पायरको निर्णयको बिरोध गरेका रोहित पौडेललाई यस्तो कारबाही

  • विकेटनेपाल, पौष – ८ शनिबार

एभरेस्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत भैरहवा ग्लाडीएटर्सका खेलाडी रोहित कुमार पौडेललाई म्याच रेफ्रीले जरिवाना सजाय दिएका छन् ।

बुधबार भएको भैरहवा ग्लाडीएटर्स र ललितपुर प्याट्रीयट्सबिचको खेलमा अम्पाएरले दिएको निर्णयलाई अस्वीकार गर्दै अम्पाएरप्रति लक्षित गर्दै खराब ब्यबहार देखाएको कारण उनलाई खेलका म्याच रेफ्री मनोहर अधिकारीले म्याच फिको १० प्रतिशत जरिवाना तोकेका हुन।

भैरहवालाई खेल जित्नको लागि अन्तिम ४ बलमा ६ रन बाँकी रहेको अवस्थामा ललितपुरका बलर सुबोध भाटीले गरेको अन्तिम ओभरको तेस्रो  बल बाउन्सर बललाई वाइड नदिएपछि रोहित पौडेलले लेग अम्पायर प्रति लक्षित गर्दै ब्याडले प्याडमा हिर्काएका थिए भने ब्याट उचाल्दै बल आफ्नो माथिबाट गएको इशारा गर्दै लेग अम्पायरसंग विवाद गर्न गएका थिए। उक्त खेलमा रोहित पौडेलले भैरहवालाई रोमान्चक जित दिलाउने क्रममा ११ बलमा ३१ रनको विस्फोटक पारि खेलेका थिए ।

खेलाडी रोहित कुमार पौडेलले आफुले गल्ती स्वीकारी सकेका छन् ।

Rohit Paudel
रोहित पौडेल ( फाइल फोटो )

ईपीएलद्वारा जारि गरेको प्रेस बक्तब्यमा उनलाई आइसिसीको नियम २.२.२ अन्तर्गत रही जरिवाना गरिएको उल्लेख गरिएको छ । त्यो नियमअनुसार कुनै पनि खेलाडीले अम्पाएरको निर्णयको बिरुद्दमा गएर कडा नजर देखाउदै नियोजित ढंगले खेल रोक्न पाइदैन र कस्तो किसिमको गल्ती हो त्यो अनुसार जरिवाना बढ्ने गर्दछ।

उक्त खेलमा रोहित पौडेलको विस्फोटक पारीको मद्दतले भैरहवा ग्लाडीएटर्सले ललितपुर प्याट्रीयट्सलाई रोमान्चक खेलमा ४ विकेटले पराजित गरेको थियो। रोहितले खेलको १९ औं ओभरमा मेहबुब आलमलाई ३ चौका र १ छक्का प्रहार गरेका थिए। ललितपुरले दिएको १४२ रनको लक्ष भैरहवाले अन्तिम बलमा प्राप्त गरेको थियो।

रोहित पौडेल यस्तै विस्फोटक पारीको लागि चिनिने गर्दछन । उनले सन् २०१६ मा भारत बिरुद्द भएको युथ एसिया कप क्रिकेटमा अन्तिम ओभरमा २४ रन प्रहार गरेका थिए।

( फिचर फोटो – भैरहवा ग्ल्य्याडीएटर्स फेसबुक )





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]