सागर ढकाल दोश्रो पटक उत्कृस्ट, प्लेयर अफ द सिरिजको दावेदार

नेपालले आयोजक मलेसियालाई पराजित गर्दै एसीसी अन्डर-१९ पूर्वी क्षेत्र प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

किनरारा ओभलमा सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिंग गरेको मलेसियाले ८७ रन मात्रै बनाएपछि ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा ब्याटिंगतर्फ रोहित पौडेलले ३१ तथा भिम शार्कीले ३३ रन बनाए भने बलिंगमा सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट लिए।

नेपालले फाइनलमा मंगलबार दोश्रो सेमीफाइनल अन्तर्गत हंगकंग र सिंगापुरसंगको विजेतासंग खेल्नेछ।

सागर ढकाल प्लेयर अफ द म्याच, प्लेयर अफ द सिरिजको दाबेदार 

खेलमा किफायती बलिंग गर्दै ३ विकेट लिएका सागर ढकाल प्लेयर अफ द म्याच चुनिएका छन्। यस अघि चिन बिरुद्ध पनि समुह चरणमा ६ विकेट लिंदै उनि प्लेयर अफ द म्याच चुनिएका थिए।

Sagar Dhakal

देब्रे हाते स्पिनर सागरले १० ओभर बलिंग गर्दै २ मेडन ओभर गरे भने मात्र १६ रन खर्चे। यस क्रममा उनले मलेसियाको माथिल्लो क्रमका वान अमिरुल, बिश्वरुबेनको तथा मध्यक्रमका मोहम्मद युसुफको विकेट लिए।

सागरले पहिलो खेलमा चिन बिरुद्ध ६ तथा दोश्रो खेलमा सिंगापुर बिरुद्ध १ विकेट लिएका थिए। आजको ३ विकेट संगै १० विकेटका साथ उनि प्रतियोगिताको धेरै विकेट लिने खेलाडी बनेका छन्। सिंगापुरका भिनित चित्तेश मेहताले पनि समान १० विकेट लिएका छन्।

सागरले ३ खेलमा मात्र १.९४ प्रतिओभर रन खर्चेका छन्। रन खर्चिने मामलामा अघि रहेका अर्का देब्रे हाते स्पिनर कुशल मल्लले मात्र १.५ प्रति ओभर रन दिएका छन्। टिकल राज भण्डारीले २.०३ प्रतिओभर रन दिएका छन्।

सागरको प्रदर्शन :- बिरुद्ध चिन – ६ विकेट ( ९.१-३-१९-६ ) , बिरुद्ध सिंगापुर – १ विकेट ( ७-०-१६-१ ) , बिरुद्ध मलेसिया – ३ विकेट ( १०-३-१६-३ )

चिनसंग र मलेसियासंग गरि ३ खेलमा २ वटा प्लेयर अफ द म्याच अवार्ड पनि जितेका सागर प्रतियोगिताकै उत्कृस्ट खेलाडीको दाबेदार समेत बनेका छन्। धेरै विकेट लिने सुचीमा मलेसियाका सचिनु हेट्टीगे ९ विकेट सहित तेश्रो, हंगकंगका रौनक कपुर र मलेसियका मुहम्मद आमिर ८ विकेट सहित चौथो स्थानमा रहेका छन्। कुशल मल्ल र तिलक राज भण्डारी ६/६ विकेट सहित सातौँ र आठौँ स्थानमा रहेका छन्।

सन् २०१७ मा नेपालले प्रतियोगिताको उपाधि जित्दा ५ खेलमा १६ विकेट लिंदै सन्दिप लामिछाने प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए। दोश्रो पटक नेपाली खेलाडी त्यसतर्फ अघि बढेका छन्।

ब्याटिंगतर्फ भने हंगकंगका अदित गोरारा ४ खेलमा १९६ रन सहित पहिलो र हंगकंगकै नसरुल्ला राना ४ खेलमा १८१ रन सहित धेरै रन बनाउने सुचीमा दोश्रो थानमा छन्। सिंगापुर बिरुद्ध शतक बनाएका रित गौतम ३ खेलमा १२८ रन सहित तेश्रो स्थानमा तथा ३ खेलमा १०९ रन बनाएका पवन सर्राफ चौथो स्थानमा रहेका छन्।

 





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]