सागर पुनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित – प्रधानमन्त्री कप

Anil Mandal after scoring half century
  • विकेटनेपाल- ९ जेठ

काठमाडौँमा आज देखि सुरु भएको प्रधानमन्त्रि कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले पूर्वान्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गरेको छ l  ( स्कोरकार्ड हेर्नुस )

समुह ‘बि’ अन्तर्गतको खेलमा टियु मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको पूर्वान्चलले पहिले इनिंगमा ३२.३ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो l

आर्मी अफ स्पिनर सागर पुनले ५ जना ब्याट्सम्यानलाई आउट गरेपछि पूर्वान्चल पहिलो इनिंगमा धरासायी बन्न पुग्यो l पुनले ९ ओभर बलिंग गर्दा २ मेडन ओभर सहित १६ रन खर्चिए l सुशन भारीले र सोमपाल कामिले २/२ विकेट हात पारे l

सागर पुन

पूर्वान्चलको लागि पाचौ नम्बरमा ब्याटिंग गरेका मेहबुब आलमले सर्बाधिक ३६ रनको योगदान दिए l ४२ बलमा उनले २ चौका र ३ छक्का प्रहार गरे l आलमलाई २८ औ ओभरमा सागर पुनले सुसन भारीको बलमा क्याच आउट गराए l पूर्वान्चल ओपनर  बिधान गोस्वामीले १ तथा अंकित सुबेदीले १२ रन योगदान दिनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् l

१०४ रन लक्ष पछ्याएको त्रिभुवन आर्मी क्लबले १८.४ ओभरमा लक्ष भेट्यो l महेश क्षेत्री खाता नखोली मेहबुब आलमको बलमा आउट भएपछि अनिल मण्डल र सागर पुनले दोश्रो विकेटको लागि १०७ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याएका थिए l

अर्धशतकीय इनिंग खेलेका अनिलले ५६ रन बनाउने क्रममा ६३ बलमा ८ चौका प्रहार गरे l म्यान अफ द म्याच घोषित सागर पुनले अविजित ४० रन बनाउने क्रममा ३ चौका र १ छक्का प्रहार गरे l

उनले ५ हजार रुपैया प्राप्त गरे भने त्रिभुवन आर्मीले जितको बोनस स्वरूप २५ हजार प्राप्त गरे l पहिलो जित पछि आर्मीले २ अंक प्राप्त गर्यो l

प्रतियोगिता अन्तर्गत दोश्रो दिन बुधबार नेपाल पुलिस क्लब र सुदुरपस्चिमान्चल विकास क्षेत्र प्रतिस्पर्धा गर्नेछन् l

प्रतियोगिताको खेल तालिका हेर्नुस 

 





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]