ईपिएलमा घाइते भएका सागर लामो समय मैदान बाहिर रहने

  • विकेटनेपाल, पौष ६ – शुक्रबार

एभरेस्ट प्रिमियर लिगमा काठमाडौँ किंग्स-११ को लागि खेल्ने क्रममा घाइते हुँदा राष्ट्रिय क्रिकेटर सागर पुन ६ देखि ७ महिना क्रिकेट खेल्न नसक्ने भएका छन्।

ईपिएल टि२० क्रिकेटको दौरान घाइते भएका उनको खुट्टाको सल्यक्रिया गरिएको छ। प्रतियोगिताको पहिलो क्वालिफायरमा ललितपुर प्याट्रीयट्सबिरुद्द बलिंग गर्दा उनको दायाँ खुट्टाको गोलिगांठोमा समस्या देखापरेको थियो।

घाइते भएपछि पनि बलिंग गर्ने प्रयास गरेका उनले एक बल भन्दा धेरै गर्न सकेनन्। खेलको पहिलो ओभर बलिङ्ग गर्न आएका उनले ओभरमा ४ बल मात्रै गर्न सके पछि उनको ओभर जितेन्द्र मुखियाले पुरा गरेका थिए।

उनको खुट्टाको सल्यक्रिया गरिएको र करिब ७ महिना मैदान बाहिर रहने जानकारी नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले शुक्रबार फेसबुक पोस्ट मार्फत जानकारी गराएका छन्। पोस्टमा उनले सागरलाई सिघ्र स्वस्थ लाभको कामना समेत गरेका छन्।

सन् २००६ मा नेपाली अन्डर-१५ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरेका सागर पुनले त्यसपछि २००९ मा नेपाली अन्डर-१७ हुँदै सोहि बर्ष नेपाली अन्डर-१९ र अन्डर-२१ टिममा स्थान बनाएका थिए। सन् २०१२ मा अस्ट्रेलियामा सम्पन्न अन्डर-१९ बिश्वकपमा स्थान बनाएका सागरले त्यसको अर्को बर्ष नेपालमा भएको एसीसी टि-२० प्रतियोगितामा नेपाली टिममा डेब्यु गरेका थिए।

राष्ट्रिय टिममा डेब्यु गरे गर्दा मध्ये क्रमका ब्याट्सम्यान र अफस्पिनर रहेका पुनले पछि नेपाली टिमको ओपनरको भूमिका पनि निभाए। नेपाल २०१४ को टि-२० बिश्वकपमा छनौट हुँदा नेपाली टिमको सदस्य रहेका सागर त्यसपछि राष्ट्रिय टिममा नियमित रहँदै आएका थिए।

Sagar Pun
Sagar Pun

२०१७ को अन्त्यमा बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा उल्लेख्य प्रदर्शन गर्न नसके पछि टिमबाट निकालिएका पुनले त्यसपछि यसै बर्ष अगस्टमा मलेसियामा सम्पन्न एसिया कप छनौटमा राष्ट्रिय टोलिमा पुनः स्थान बनाएका थिए।

राष्ट्रिय टिमको लागि उनले २ वटा अर्धशतक बनाउने क्रममा यसै बर्ष एसिया कप छनौटमा बनाएको ८३ रन सर्वाधिक व्यक्तिगत योगफल हो। यस्तै बलिङ्गतर्फ उनले राष्ट्रिय टिमको लागि ५ पटक ३ विकेट लिएका छन्।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]