आँसु थाम्न सकेनन् सागरले

  • विकेटनेपाल, २९ जेठ

गत साता काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित भएका त्रिभुवन आर्मी क्लबका खेलाडी सागर पुनले घोषणा गरे अनुरुप वृद्धाश्रमलाई सहयोग गरेका छन्।

पुनले पशुपति वृद्धाश्रममा रहेका १९० जना बृद्ध-वृद्धाहरुलाई झन्डै ३० हजार रुपैया बराबरको सहयोग गरे। उनले उत्कृस्ट खेलाडी भए बापत १ लाख रुपैयाँ पुरस्कार पाएका थिए जुन क्रममा २५ प्रतिशत रकम दान गर्ने घोषणा गरेका थिए।

पुनले आश्रममा १९० जनालाई फलफुल, जुस, चाउचाउ, बिस्कुट प्रदान गरे। त्यसक्रममा उनले वृद्ध-वृद्धाहरुसंग कुराकानी समेत गरेका थिए।

सहयोग कार्यक्रम पछि बिदा माग्दा एकजना वृद्धाले दिनुभएको जवाफले आफु भावुक बनेको जुनक्रममा आँशु रोक्न नसकेको पुनले विकेटनेपाललाई बताए-

“जान्छु भन्दा, फर्केर आउ बाबु भन्नु भयो त्यतिबेला रोए”

“पहिले नगदनै सहयोग गर्ने विचार गरेको थिएँ तर नगद दिंदा त्यसको दुरुपयोग हुने सम्भावना हुने कुरा आएपछि त्यसको सट्टा अन्य सामग्रीहरु दिएको हुँ। राम्रो पनि देखिने र सबैजनाले पाउनु पनि हुने देखियो l  वृद्धाश्रममा १९० जना हुनुहुँदो रहेछ र पैसा भन्दा केहि लिएर जाने निर्णय गरेर गएको हुँ।”

नेपाली रास्ट्रिय क्रिकेट टिमका अलराउन्डर पुनले पैसा भन्दा मानिसले गर्ने कर्म महत्वपूर्ण भएको बताए- “कामले महत्व राख्छ, पैसा त मात्र कागज हो”

रास्ट्रिय क्रिकेट टिमका नियमित अलराउन्डर पुनले सहयोग कार्यक्रमलाई सफल बनाउन छुम्बी लामा, खेलाडी साथी राजेश पुलामी र सोमपाल कामि , आफ्नो भाई संगम र क्राउन प्लाजा होटलका खेम सरलाई धन्यवाद दिए।

सन् २०१३ मा नेपाली रास्ट्रिय क्रिकेट टिमको लागि खेलेका पुनले प्रधानमन्त्री कप प्रतियोगितामा ब्याटिंग तर्फ १२६ रन तथा बलिंगतर्फ सर्बाधिक १४ विकेट हात पारेका थिए।

पुनसंगै आर्मी क्लबका क्रिकेटर सोमपाल कामि, राजेश पुलामी सहयोग कार्यक्रममा उपस्थित रहेका थिए।

यो पनि पढ्नुस :- 

– सागर पुनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित – प्रधानमन्त्री कप





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]