सन्दीपले पाए युएई जान सर्वोच्चबाट अनुमति

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि युएई जान अनुमति दिएको छ । आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत पाटनले लगाएको प्रतिबन्ध हटाउँदै लामिछानेलाई विदेश जान अनुमति दिएको हो ।

उच्च अदालतले यसअघि लामिछाने विदेश जान नपाउने आदेश गरेको थियो । लामिछानेको तर्फबाट उक्त प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

यस्तै, सरकारी वकिलको कार्यालयका तर्फबाट लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित निवेदन दायर गरिएको थियो ।

आइतबार यी दुवै निवेदनमाथि संयुक्त सुनुवाइपछि लामिछानेको पक्षमा आदेश भएको छ । उच्च अदालतले विदेश जान नपाउने सर्तसहित लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । सर्वोच्चको आदेशसँगै लामिछानेलाई विदेश जान बाटो खुलेको छ

लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

उच्च अदालतले भने लामिछानेलाई सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । उच्चको सो आदेशलाई सर्वोच्चले सदर गरी लामिछानेलाई विदेशसमेत जान पाउने अनुमति दिएको छ ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]