नेपालको चौथो जित, सन्दिपको जादुयी बलिंग

  • विकेटनेपाल,

सन्दिप लामिछानेले पुनः उत्कृस्ट बलिंग प्रदर्शन गरेपछि यु-१९ एसिया बिश्वकप छनौट अन्तर्गत पाचौं खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ l   स्कोरकार्ड हेर्नुस   , अंकतालिका 

मलेसियाले पहिले ब्याटिंग गर्दै दिएको ९० रनको लक्ष नेपालले ५ विकेट गुमाई २२.२ ओभरमा पुरा गर्यो l नेपालको लागि रोहित पौडेल र दिपेन्द्र ऐरीले क्रमशः अविजित ३४ र १९ रनको इनिंग खेले l यस्तै ओपनर सन्दिप सुनार र अनिल शाहले क्रमशः १५ र १२ रनको योगदान दिए l

लक्ष पछ्याउने क्रममा नेपालले पहिलो ५ विकेट ४० रनको स्कोरमै गुमाईसकेको थियो जसपछि दिपेन्द्र र रोहितले छैठौ विकेटको लागि ५२ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका थिए l

यस अघि सन्दिप लामिछानेले प्रतियोगिता तेस्रो पटक ५ विकेटको प्रदर्शन गर्ने क्रममा ७ जना मलेसियन ब्याट्सम्यानहरुलाई पाखा लगाएपछि ३५.१ ओभरमा ८९ रनमै सम्पूर्ण विकेट गुमायो l

९.१ ओभर बलिंग गर्ने क्रममा सन्दिपले १ मेडन ओभर सहित मात्र १३ रन खर्चे l यस अघिको खेलमा पनि मलेसियासंग सन्दिपले ५ विकेट लिएका थिए भने सिंगापुरसंगको पहिलो खेलमा पनि ५ विकेटनै लीएका थिए l प्रतियोगितामा सन्दिपले ५ खेलमा कुल २३ विकेट हात पारिसकेका छन् l

टस जितेर नेपालले मलेसियालाई ब्याटिंग गर्ने निम्तो दिएपछि मलेसिया ५९/१ को राम्रो स्थितिमा थियो l ७ चौका र १ छक्का मदतले ४६ रन बनाएर ब्याटिंग गर्दै नेपालको लागि खतरा बनेका सैयद मुबारकलाई सन्दिपले विकेटकिपर प्रकास केसीको हातमा क्याच थमाएपछि मलेसियाको विकेट पतन सुरु भएको थियो l

नेपालको लागि शाहब आलमले २ तथा रिजन ढकालले १ विकेटको योगदान दिए l मलेसियन कप्तान भिरनदिप सिंहले १० तथा शौभिन्दर सिंहले अविजित १० रन योगदान दिए l नेपालले अतिरिक्तको रुपमा १२ रन दियो l

प्रतियोगिता अन्तर्गत तेश्रो खेलमा अफगानिस्तानसंग पराजित भएको नेपालले सिंगापुर र मलेसियालाई २/२ खेलमा पराजित गरिसकेको छ l अफगानिस्तानसंग भोलि मंगलबार नेपालले अन्तिम खेल खेल्नेछ जसमा यदी नेपाल बिजेता बन्न सके नेट रनरेटको आधारमा २०१८ को न्युजिल्याण्डमा संचालन हुने यु-१९ बिश्वकप मा छनौट हुने नहुने तय हुनेछ l अफगानीस्तान नेट रनरेटमा निकै अघि रहेको र नेपाललाई पहिलो खेलमा सहजै पराजित गरेको हुँदा नेपाललाई अब बिश्वकप छनौट हुन निकै कठिन हुनेछ l  हेर्नुस अंकतालिका 

 

स्कोरकार्ड र प्रत्यक्ष अपडेट यो लिंकमा

 

धेरैले पढेको :- 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]