४० मिनेटमै थाईल्याण्ड अलआउट, सन्दिपको चमत्कार

Nepal U19 Cricket Team
  • विकेटनेपाल, २५ भदौ

नेपालले दिएको २८२ रनको लक्ष पछ्याउन मैदान उत्रेको थाईल्याण्डले ४० मिनेटमै सम्पूर्ण विकेट गुमाएपछि नेपालले एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगितामा २५५ रनको बिशाल जित दर्ता गरेको छ l  स्कोरकार्ड हेर्नुस 

नेपालको लागि सन्दिप लामिछाने एक्लैले ७ विकेट हात पार्ने क्रममा ४ ओभर बलिंग गर्दै मात्र ६ रन खर्चेका थिए l यो क्रममा सन्दिपले आफ्नो पहिलो ओभरमा २ तथा दोश्रो ओभरमा पनि २ विकेट हात पारेका थिए l यस्तै आफ्नो तेश्रो ओभरमा पनि विकेट हात पार्दै सन्दिपले ५ विकेट पुरा गरेका थिए l त्यसपछि इनिंगको दशौं ओभरमा सन्दिपले २ विकेट लिंदै थाईल्याण्ड इनिंग तहसनहस पारेका थिए l

छैठौ ओभरको चौथो र पाँचौं बलमा सन्दिपले लगातार २ विकेट लिंदै ह्याट-ट्रिक बलसम्म पुगे पनि ह्याट-ट्रिक भने पुरा गर्न पाएनन् l

नन्दन यादबले इनिंगको पहिलो बलमै सुवत रस्टनमुएकुलको विकेट लिंदै थाईल्याण्डको विकेट पटक सुरुवात गरेका थिए l त्यसपछि दोश्रो ओभरमा बलिंग गर्न आएका किशोर महतोले पनि अगम संजय शाहलाई पेभेलियनको दिशा देखाएपछि थाईल्याण्डले  दोश्रो विकेट गुमाएको थियो l

यस अघि नेपालले पुरै ५० ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाई २८१ रन बनाएको थियो l

अनिल शाहले ९१ रन बनाए

टस हारेर ब्याटिंग गरेको नेपालको लागि अनिल शाहले तेश्रो नम्बरमा ब्याटिंग गर्दै ९१ रन बनाउन मात्र ७४ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए l

नेपालको लागि पाँचौं नम्बरमा ब्याटिंग गरेका प्रनित थापाले पनि अर्धशतकीय योगदान दिए l थापाले ६१ बलमा ३ चौका र १ छक्का प्रहार गरे l

सन्दिप सुनारले ३२, आसिफ शेखले २१, दिपेन्द्र ऐरीले २२, रोहित पौडेलले २८ रन योगदान दिए l पवन सर्राफले इनिंगको अन्तिममा २ छक्का मदातले २२ रन बनाउदै अविजित रहेका थिए l

नेपालले अतिरिक्तको रुपमा १३ रन पाएको थियो l थाईल्याण्ड बलर पायुपथ संगनर्डले सर्बाधिक ३ विकेट हात पारे l

प्रतियोगिताको बिजेता टिम नोभेम्बरमा मलेसियामा आयोजना हुने यु-१९ एसीया कप खेल्न छनौट हुनेछ l

खेलको अपडेट यो लिंकमा हेर्नुस  लाइभ अपडेट लिंक  , स्कोरकार्ड हेर्नुस 

खेल पछि प्रशिक्षक बिनोद दाससंगको कुराकानी 

खेल तालिका 

सेप्टेम्बर १३ – नेपाल – भुटान
सेप्टेम्बर १४ – नेपाल – सिंगापुर

सेप्टेम्बर १६ – सेमीफाइनल
सेप्टेम्बर १७ – फाइनल

समुह ‘ए’ : नेपाल, सिंगापुर, थाईल्याण्ड, भुटान
समुह ‘बि’ : मलेसिया, हंगकंग , चिन र म्यानमार





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]