सन्दिप प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित

sandeep lamichhane
  • विकेटनेपाल, असोज १ 

सन्दिप लामिछाने एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताकै सबैभन्दा उत्कृस्ट खेलाडी घोषित भएका छन् ।

कुल ५ खेलमा सन्दिपले १६ विकेट लिंदै धेरै विकेट लिने सुचीमा प्रतियोगिताका सबै बलरहरुलाई पछि छाडेका थिए। धेरै विकेट लिने सुचीमा नेपालका कप्तान दिपेन्द्र ऐरी दोश्रो स्थानमा छन् जसले कुल १३ विकेट हात पारेका थिए। दिपेन्द्र  प्रतियोगिताकै उत्कृस्ट बलर घोषित भएका छन् l

हंगकंग बलर जठाभेद ९ विकेट सहित धेरै विकेट लिने सुचीमा तेश्रो स्थानमा छन् । पवन सर्राफले कुल ८ विकेट सहित सुचीको चौथो स्थानमा रहे ।

दिपेन्द्र एरि प्रतियोगिताको उत्कृस्ट बलर घोषित भए

सन्दिप यो भन्दा अघिल्लो प्रतियोगिता यु-१९ एसिया बिश्व कप छनौटमा पनि कुल २४ विकेट सहित प्रतियोगिताको धेरै विकेट लिने खेलाडी तथा उत्कृस्ट खेलाडी घोषित भएका थिए ।

हंगकंगलाई पराजित गर्दै एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको उपाधि जित्ने क्रममा सन्दिपले ३ विकेट हात पारेका थिए ।

प्रतियोगिताको पहिलो खेलमा थाईल्याण्डसंग ७ विकेट लिएका सन्दिपले त्यसपछि भुटानसंग ४ विकेट हात पारेका थिए । तेश्रो खेलमा सिंगापुरसंग १ विकेट लिएका सन्दिपले सेमीफाइनलमा मलेसियासंग पनि १ विकेट हात पारेका थिए ।

 

प्रतियोगिताकै किफायती बलर 

सन्दिप लामिछाने धेरै विकेट लिने मात्रै हैन प्रतियोगिताकै सबैभन्दा किफायती बलर समेत भएका छन् । ५ खेलमा सन्दिपले मात्र १.४५ प्रति ओभरको इकोनोमिले बलिंग गरेका छन् ।

सन्दिपले ५ खेलमा कुल ३२.४ ओभर बलिंग गर्दा मात्र ४७ रन खर्चिएका थिए ।

सन्दिप सुनार धेरै रन बनाउनेमा दोश्रो 

नेपाली ओपनर सन्दिप सुनार प्रतियोगिताको धेरै रन बनाउने सुचीमा दोश्रो स्थानमा रहे। ५ खेलमा कुल १४३ रन बनाएका सन्दिपले सेमीफाइनलमा मलेसियासंग अविजित ५१ रन बनाएका थिए ।

सिंगपुर ब्याट्सम्यान सिद्धान्त ४ खेलमा १४३ रन सहित सुचीको अग्रस्थानमा रहेका छन् । यस्तै मलेसिया कप्तान भिरनदिप सिंह ४ खेलमा १३७ रन सहित तेश्रो स्थानमा रहे ।

नेपाली ब्याट्सम्यान अनिल शाह ५ खेलमा १२९ रन सहित चौथो र आसिफ शेख ५ खेलमा १०१ रन सहित सुचीको पाचौ स्थनमा रहेका छन् ।

पुरस्कार वितरण समारोहको भिडियो 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]