- विकेटनेपाल, कार्तिक १६
सन्दिप लामिछानेले उत्कृस्ट बलिंग गरेपछि नेपाल यु-१९ क्रिकेट टिमले बंगलादेश यु-१९ क्रिकेट टिमलाई जित्न मुस्किल बनाएपनि पहिलो एकदिवसीय खेलमा ३ विकेटको हार बेहोरेको छ।
मलेसियामा नोभेम्बर ९ देखि २० तारिकसम्म आयोजना हुने एसीसी यु-१९ युथ एसिया कपको तयारीको लागि बंगलादेश भ्रमण अन्तर्गत पहिलो एकदिवसीयमा टस हारेको नेपालले पहिले ब्याटिंग गर्दै बनाएको १५३ रनको जवाफमा ब्याटिंग गरेको बंगलादेशले लक्ष पछ्याउन ७ विकेट गुमाउन पुग्यो।
भ्रमण अन्तर्गत नेपालले दोश्रो खेल ४ नोभेम्बर ( शनिबार ) तथा तेश्रो खेल ५ नोभेम्बरमा खेल्नेछ।
दोश्रो इनिंगमा सन्दिप लामिछानेले नेपाली बलिंगको नेत्रित्व गर्दै ४ विकेट हात पार्दै बंगलादेशलाई मुस्किल बनाएका थिए। उनले १० ओभर बलिंग गर्दै १ मेडन ओभर सहित २५ रन खर्चेका थिए। शाहब आलम र पवन सर्राफले १/१ विकेट हात पारे।

बंगलादेश ब्याट्सम्यान टोहिड रिडलेले अविजित ४८ रनको इनिंग खेल्दै नेपालसंग जित खोसेका थिए। उनले ६६ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै ओपनर नईम शेखले ५३ रन योगदान दिएका थिए।
बंगलादेशले १२६ रनमा ७ विकेट गुमाईसकेको अवस्थामा ९ नम्बरमा ब्याटिंग गर्न आएका काजि अनिक इस्लामले २ चक्का प्रहार गर्दै अविजित १८ रन बनाउदै जित दिलाएका थिए।
टस हारेको नेपालले राम्रो सुरुवात गर्न सकेन। ओपनर सन्दिप सुनार १ रन बनाएर आउट भए भने अनिल शाहले १८, कप्तान दिपेन्द्र ऐरीले १६ रन बनाएर आउट भए। अर्का ओपनर आसिफ शेखले ३२ रन योगदान दिए।

छैठौं नम्बरमा ब्याटिंग गरेका भिम शार्कीले २ चौका र २ छक्का प्रहार गर्दै २८ रन बनाउदै नेपालको स्कोर अघि बढाएका थिए। पवन सर्राफले १९ तथा कमल सिंह ऐरीले अविजित १७ रन बनाउदै नेपालको स्कोर १५० पार गर्न महत्वपूर्ण योगदान दिएका थिए।
पुरै ५० ओभर ब्याटिंग गरेको नेपालले ९ विकेट गुमाउदै १५३ रन बनाउन सकेको थियो ।
बंगलादेशी बलर हसन महमुद र काजि अनिक इस्लामले ३/३ विकेट हात पारेका थिए भने नइम हसनले २ विकेट हात पारे।

८ टिम सहभागी हुने यु-१९ युथ एसिया कप प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा भारत, बंगलादेश र मलेसिया रहेका छन्। समुह ‘बि’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसीसी यु-१९ ( पश्चिम क्षेत्र ) को बिजेता टिम रहनेछ।
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बंगलादेशसंग ११ नोभेम्बरमा खेल्ने छ। बंगलादेशसंगको खेल पछि नेपालले १२ नोभेम्बरमा भारतसंग दोश्रो खेल र १४ नोभेम्बरमा मलेसियासंग तेश्रो खेल खेल्ने कार्यक्रम रहेको छ।
समुह ‘ए’ र समुह ‘बि’ बाट समुह चरणको खेल पछि २/२ टिम सेमीफाइनल खेल्न छनौट हुनेछ। प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा खेलिनेछ।
नेपालको पहिलो खेल किनाराओभल मैदानमा हुनेछ भने बाँकी २ वटा खेल बायुमास ओभल मैदानमा हुनेछ।
युथ एसिया कपको लागि आइतबार नेपाली टिमको घोषणा गरिसकेको छ । टिममा जितेन्द्र सिंह ठकुरी र रासिद खानले पहिलो पटक नाम लेखाएका छन् । सेप्टेम्बरमा एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) प्रतियोगितामा टिममा रहेका ब्याट्सम्यान सन्दिप जोरा र लेग स्पिनर बिक्रम भुसालले यो पटक टिममा स्थान बनाउन सकेनन्। विकेटकिपर ब्याट्सम्यान प्रकास केसी र दायाँ हाते तिब्र गति बलर कमल सिंह ऐरीले टिममा कम्ब्याक गरेका छन्।
दिपेन्द्र ऐरीको कप्तानी रहने नेपाली टिममा रासिद खान, कमल सिंह ऐरी, किशोर महतो गरि ३ जना तिब्र गति बलर छन् भने शाहब आलम भिम शार्की, सन्दिप लामिछाने, पवन सर्राफ गरि ४ जना स्पिनर रहेका छन् । यस्तै कप्तान ऐरी, रोहित पौडेल, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, आसिफ शेख, प्रकास केसी गरि ७ जना ब्याट्सम्यान १५ जना भित्र अटाएका छन्।
नेपाली टिम :-
१. दिपेन्द्र ऐरी ( ब्याटिंग अलराउण्डर )
२. रोहती पौडेल ( ब्याटिंग अलराउण्डर )
३. सन्दिप लामिछाने ( लेग स्पिनर )
४. सन्दिप सुनार ( ब्याट्सम्यान )
५. प्रनित थापा मगर ( ब्याट्सम्यान )
६. अनिल कुमार शाह ( ब्याट्सम्यान )
७. पवन सर्राफ ( अफस्पिन अलराउण्डर )
८. मोहम्मद आसिफ शेख ( विकेटकिपर/ब्याट्सम्यान )
९. किशोर महतो ( तिब्र गति बलर )
१०. शाहब आलम ( देब्रे हाते स्पिनर )
११. प्रकास केसी ( विकेटकिपर/ब्याट्सम्यान )
१२. कमल सिंह ऐरी ( तिब्र गति बलर )
१३. भिम शार्की ( देब्रे हाते स्पिनर – अलराउण्डर )
१४. रासिद खान ( तिब्र गति बलर )
१५. जितेन्द्र सिंह ( ब्याट्सम्यान )
वैकल्पिक खेलाडी
१. सन्दिप जोरा , २. बिक्रम कुमार भुसाल , ३. अंकित सुबेदी, ४. विजय चौधरी
प्रशिक्षक : बिनोद दास
सन् २०१६ मा श्रीलंकामा भएको यु-१९ युथ एसिया कपमा नेपालले पछिल्लो पटक सहभागिता जनाएको थियो जसको पहिलो चरणबाट नेपाल बाहिरिएको थियो । त्यस क्रममा नेपाल श्रीलंकासंग १ रनले पराजित हुँदै दोश्रो चरण प्रवेश गर्न चुकेको थियो ।