सन्दिप लामिछाने यु-१९ रास्ट्रिय टिमको कप्तान, हेर्नुस को-को परे टिममा

विकेटनेपाल, २० मंसिर

यु-१९ रास्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दिप लामिछाने चुनिएका छन् l श्रीलंकामा १३-२४ डिसेम्बरमा संचालन हुने यु-१९ एसिया कपमा सहभागी हुने नेपाली टिमको नेतृत्व सन्दिपले गर्ने हल्लाले साकार रुप पाएको हो l

रास्ट्रिय क्रिकेट टिमको प्रतिनिधत्व गरिसकेका सन्दिपले यसै बर्ष यु-१९ बिश्वकपमा नेपालको प्रतिनिधित्व गरेका थिए l सन्दिप यसै हफ्ता अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रिमियर ग्रेड क्रिकेट खेल्दै तथा माइकल क्लार्कको एकेडेमीमा प्रशिक्षण गरि नेपाल फर्केका थिए l अस्ट्रेलियाबाट फर्किएपछि सन्दिपले विकेटनेपालसंग कुरा गर्दै आग्रह गरे आफु कप्तानी गर्न तयार रहेको बताएका थिए | यस अघि नेपाली यु-१९ टिमको कप्तानी गरेका राजु रिजाल नहुने भएपछि उनको बिकल्पमा सन्दिपले यु-१९ टिमको नेतृत्व गर्नेछन् l


आसिफ शेख
आसिफ शेख

एसिया कपको टिममा एभेरेस्ट प्रिमियर लिगमा उत्कृस्ट प्रदर्शन गरेका आसिफ शेखले पनि स्थान बनाएका छन् l यु-१६ रास्ट्रिय क्रिकेटर रहीसकेका आसिफले उक्त प्रतियोगिताको फाइनलमा पन्चकन्या तेजलाई जिताउने क्रममा कलर्स एक्स-फ्याकटरर्स बिरुद्ध शतक प्रहार गरेका थिए l

टिमको घोषणा आईसीसी क्रिकेट डेभलपमेन्ट अफिसर ( एसिया रिजन ) भेन्कटपति राजुको नेतृत्वमा , रास्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा र यु-१९ रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक बिनोद दास रहेको छनौट समितिले गरेको हो l टिम छनौट गर्न देशभरबाट ५२ जना खेलाडी छनौट गरि ६ दिन छनौट खेल खेलाईएको थियो l

टिममा यस अघि यु-१९ बिश्वकप खेलेका सन्दिप लामिछाने बाहेक दिपेन्द्र सिंग ऐरी र सन्दिप सुनार मात्रै छन् l यस अघि यु-१६ रास्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरेका रबिन्द्र जंग शाही, आदील खान, आसिफ शेख, पवन शर्राफ टोलिमा अटाएका छन् l


यस्तो छ टिम :

१. सन्दिप लामिछाने ( कप्तान ) , २. रबिन्द्र जंग शाही , ३. आदील खान , ४. भिम शार्की, ५. आसिफ शेख, ६. अनिल कुमार शाह, ७. दिपेन्द्र सिंग ऐरी ८. पवन शर्राफ, ९. शुभान्कर उराव , १०. सन्दिप सुनार, ११. कमल सिंग ऐरी , १२. नन्दन यादब, १३. प्रकाश केसी , १४. अविनाश कर्ण, १५. रोहित कुमार पौडेल

बैकल्पिक :
१. शाह आलम , २. किशोर महतो , ३. बिक्रम भुसाल , ४. सुशान्त थापा

प्रशिक्षक : बिनोद दास


यो पनि पढ्नुस :





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]