सन्दिप भन्छन् – ‘आग्रह गरे कप्तान बन्न तयार छु’ ( भिडियो )

साढे २ महिना अस्ट्रेलिया बसाइँ पछि मंगलबार नेपाल फर्किएका सन्दिप लामिछानेले विकेटनेपालसंग बुधबार बिशेष भिडियो कुराकानी गरेका छन् l

यु-१९ रास्ट्रिय क्रिकेट टिमको लागि छनौट खेल चलिरहेको बेला टियु मैदानमा उपस्थित सन्दिपले कुराकानीको क्रममा नेपाल फर्कन पाउँदा खुसि र ताजा महसुस गरेको बताए l अस्ट्रेलियन पुर्ब कप्तान माइकल क्लार्कको निम्तोमा अस्ट्रेलियाको घरेलु क्रिकेट खेलेका सन्दिपले त्यहाँ खेलेर मानसिक रुपमा आफु बलियो भएको बताएका छन् l

अस्ट्रेलियामा वेस्टर्न सबर्बको लागि न्यु साउथ वेल्स प्रिमियर ग्रेड प्रथम श्रेणी क्रिकेट तथा पोडेभिन ग्रे शिल्ड र किंग्सग्रुभ स्पोर्ट्स ट्वान्टी-२० कप सहित कुल ११ खेल खेलेका सन्दिपले कुल २० विकेट लिएका थिए l

यो पनि पढ्नुस : कस्तो रह्यो अस्ट्रेलियामा सन्दिपको प्रदर्शन ?

श्रीलंकामा डिसेम्बर १५ देखि सुरुहुने यु१९ एसिया कप प्रतियोगिता खेल्न नेपाल आएका रास्ट्रिय टोलिका लेगस्पिनरले प्रतियोगितामा खेल्न नेपाल डराउनु नपर्ने बताए l उनले ठुलो टिम भन्ने ट्याग संग नखेली एक-अर्को खेलाडीको रुपमा खेले नेपाली टिमले राम्रो गर्ने विश्वास देखाए l

माइकल क्लार्कसंगको सम्बन्धबारे कुराकानीमा सन्दिपले क्लार्क आफुलाई एअरपोर्टमा आफै लिन आएको पललाई सबैभन्दा खुसिको क्षणको रुपमा सम्झे l क्लार्कले एअरपोर्टमा अन्य मान्छे लिन पठाएको बताएको तर एअरपोर्ट पुग्दा उनलाईनै लिन आएको देख्दा आफु अवाक बनेको प्रसंग निकाले l

शेन वार्नसंग फोनमा कुराकानी भएको प्रसंगमा ‘नेपाली शेन वार्न’ नामले चर्चित सन्दिपले वार्नले अहिले भेट्न समय नमिलेपनि अर्को पटक आउदा समय उनले आफुसंग भेट्ने र समय बिताउन चाहेको बताए l

बिग ब्यास लिग खेल्ने सपना बोकेका सन्दिपले ‘बिग ब्यास’ खेल्न अझै कडा मेहनत गर्नु बाँकी रहेको बताउदै त्यो दिन छिट्टै आउने आशा ब्यक्त गरे l

यु-१९ रास्ट्रिय क्रिकेट टिमको कप्तानी गर्न चलीरहेको हल्लाबारे बताउदै सन्दिपले अहिले यो बारे केहि भन्न नसकिने तर कप्तानी गर्न आग्रह आए आफुले स्वीकार गर्ने विकेटनेपाललाई बताए l

सन्दिपसंग विकेटनेपाल बिशेष कुराकानीको भिडियो 

 

https://www.youtube.com/watch?v=cw-GD89xbNk&feature=youtu.be

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy