नेपालको दोश्रो जित, फेरी चम्किए सन्दिप

  • विकेटनेपाल , साउन ३

आईसीसी एसिया यु-१९ बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोश्रो खेल मलेसियालाई ५ विकेटले पराजित गरेको छ l यस अघि हिजो पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो l

पहिले ब्याटिंग गर्दै पदांग क्रिकेट मैदान सिंगापुरमा मलेसियाले दिएको ५९ रनको लक्ष नेपाल ले ५ विकेट गुमाउदै ९.५ ओभरमा पुरा गर्यो l

लक्ष पछ्याउने क्रममा नेपालको लागि आसिफ शेखले सर्बाधिक २३ रनको योगदान दिए भने प्रनित थापाले अविजित १८ रन योगदान दिए l आसिफले ५ चौका प्रहार गरे भने प्रनितले १ चौका र १ छक्का प्रहर गरे l सन्दिप सुनार ६, आदील खान ५ , दिपेन्द्र ऐरी ४ रन मा आउट भएका थिए l

मलेसियन बलर हफिजुद्दीनले ३ विकेट हात पारे l

सन्दिप लामिछानेले ५ विकेट हात पारे

यस अघि टस जितेर पहिले बलिंग रोजेको नेपालको लागि कप्तान सन्दिप लामिछानेले पुनः ५ विकेट दिलाएपछि मलेसिया निरिह साबित भयो l सिंगापुरसंग अघिल्लो खेलमा पनि ५ विकेट लिएका लामिछानेले ८.५ ओभरमा मात्र १७ रन खर्चेर १ मेडन ओभर फालेका थिए l

नेपालको लागि पवन सर्राफले ३ तथा सन्दिप सुनार र किशोर महतोले पनि १/१ विकेट दिलाए l

कुनै पनि मलेसियन ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् l हैकल खैरले र कप्तान भिरनदिप सिंगले ९/९ रन बनाउनु मलेसियाको लागि सर्बाधिक योगदान थियो l मलेसियाले २५.५ ओभर मात्रै ब्याटिंग गर्न सकेको थियो l

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोश्रो खेल अफगानिस्तानसंग बिहिबार खेल्नेछ l

 

 

स्कोरकार्ड हेर्नुस 

( फोटो – रमन शिवाकोटी )

 

 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]