सन्दिप प्रतियोगिताकै उत्कृस्ट खेलाडी ( प्रदर्शन सुची सहित )

sandeep lamichhane
  • विकेटनेपाल, १० साउन

सन्दिप लामिछाने सिंगापुरमा आज सम्पन्न यु-१९ एसिया बिश्वकप छनौट प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित भएका छन्।

प्रतियोगिता दोश्रो स्थानमा अन्त्य गर्दै बिश्वकप छनौट हुन नसके पनि टिम कप्तान सन्दिपले ६ खेलमा २४ विकेट लिंदै यो उपलब्धि हात पारेका हुन् । यस क्रममा सन्दिपले मलेसियासंग पाचौं खेलमा मलेसियासंग एक्लै ७ विकेट लिएका थिए।

प्रतियोगितामा सन्दिपको प्रदर्शन ( पहिलो खेल देखि छैठौं खेलसम्म क्रमशः

सन्दिप लामिछानेले लिएको २४ विकेट कुनै पनि नेपाली खेलाडीले एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा लिएको सर्बाधिक विकेट हो । यो भन्दा अगाडी बसन्त रेग्मी, राहुल विश्वकर्मा र बिनोद दास २१ विकेट सहित यो सुचीमा शिर्ष स्थानमा थिए । बसन्त रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा , राहुल बिश्वकर्माले सन् २०११ को यु-१९ बिश्वकप छनौट प्रतियोगितामा तथा बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ( तिन दिवसीय ) प्रतियोगितामा २१ विकेट लिएका थिए।

लेग स्पिनर लामिछानेले सन् २०१६ को बंगलादेशमा सम्पन्न यु-१९ बिश्वकपमा कुल १४ विकेट लिंदै दोश्रो सर्बाधिक विकेट लिने खेलाडी बनेका थिए।

प्रतियोगिताको एकतर्फी उत्कृस्ट प्रदर्शन गरेका सन्दिपले चौथो खेलमा सिंगापुर जिततर्फ अग्रसर हुँदै गर्दा उत्कृस्ट बलिंग गर्दै टिमको २२ रनको जितमा महत्वपूर्ण भूमिका निभाएका थिए । उक्त खेलमा सन्दिपले ४ विकेट हात पारेका थिए ।  सन्दिपले मलेसियासंग एकै खेलमा ७ विकेट लिने क्रममा ९.१ ओभरमा मात्र १३ रन खर्चिएका थिए ।

( रेकर्ड श्रोत – बिनोद पाण्डे, कान्तिपुर )

सन्दिप लामिछाने सम्बन्धित अन्य समाचार – 

धेरैले पढेको :-





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]