सन्दिप प्रतियोगिताकै उत्कृस्ट खेलाडी ( प्रदर्शन सुची सहित )

  • विकेटनेपाल, १० साउन

सन्दिप लामिछाने सिंगापुरमा आज सम्पन्न यु-१९ एसिया बिश्वकप छनौट प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित भएका छन्।

प्रतियोगिता दोश्रो स्थानमा अन्त्य गर्दै बिश्वकप छनौट हुन नसके पनि टिम कप्तान सन्दिपले ६ खेलमा २४ विकेट लिंदै यो उपलब्धि हात पारेका हुन् । यस क्रममा सन्दिपले मलेसियासंग पाचौं खेलमा मलेसियासंग एक्लै ७ विकेट लिएका थिए।

प्रतियोगितामा सन्दिपको प्रदर्शन ( पहिलो खेल देखि छैठौं खेलसम्म क्रमशः

सन्दिप लामिछानेले लिएको २४ विकेट कुनै पनि नेपाली खेलाडीले एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा लिएको सर्बाधिक विकेट हो । यो भन्दा अगाडी बसन्त रेग्मी, राहुल विश्वकर्मा र बिनोद दास २१ विकेट सहित यो सुचीमा शिर्ष स्थानमा थिए । बसन्त रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा , राहुल बिश्वकर्माले सन् २०११ को यु-१९ बिश्वकप छनौट प्रतियोगितामा तथा बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ( तिन दिवसीय ) प्रतियोगितामा २१ विकेट लिएका थिए।

लेग स्पिनर लामिछानेले सन् २०१६ को बंगलादेशमा सम्पन्न यु-१९ बिश्वकपमा कुल १४ विकेट लिंदै दोश्रो सर्बाधिक विकेट लिने खेलाडी बनेका थिए।

प्रतियोगिताको एकतर्फी उत्कृस्ट प्रदर्शन गरेका सन्दिपले चौथो खेलमा सिंगापुर जिततर्फ अग्रसर हुँदै गर्दा उत्कृस्ट बलिंग गर्दै टिमको २२ रनको जितमा महत्वपूर्ण भूमिका निभाएका थिए । उक्त खेलमा सन्दिपले ४ विकेट हात पारेका थिए ।  सन्दिपले मलेसियासंग एकै खेलमा ७ विकेट लिने क्रममा ९.१ ओभरमा मात्र १३ रन खर्चिएका थिए ।

( रेकर्ड श्रोत – बिनोद पाण्डे, कान्तिपुर )

सन्दिप लामिछाने सम्बन्धित अन्य समाचार – 

धेरैले पढेको :-

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy