ठुलो किर्तिमान नजिक सन्दिप, फेरी बने प्लेयर अफ द म्याच

Sandeep Lamichhane
  • विकेटनेपाल, असोज २४  

आईसीसी टि-२० बिश्व कप छनौट एसिया ( पूर्वी ) छनौट प्रतियोगिता अन्तर्गत पाँचौ खेलमा नेपालले चिनलाई पराजित गर्ने क्रममा सन्दिप लामिछाने प्लेयर अफ द म्याच चुनिएका छन्।

खेलमा नेपालले टस जितेर चिनलाई ब्याटिंगको निम्तो दिएको थियो। चिनले २६ रन मात्रै बनाउन सकेपछि २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा विकेट नगुमाई पुरा गर्यो। नेपाल यसअघि नै टि-२० बिश्व कपको एसिया छनौट खेल्न छनौट भइसकेको छ।

सन्दिप तेश्रो पटक प्लेयर अफ द म्याच 

प्रतियोगितामा सन्दिप तेश्रो पटक प्लेयर अफ द म्याच घोषित भएका हुन्। यस अघि उनि म्यानमार र मलेसियासंग पनि प्लेयर अफ द म्याच घोषित भएका थिए। सन्दिपले म्यानमारसंग ४ विकेट र मलेसियासंग ५ विकेट लिएका थिए।

चिनसंग सन्दिपले ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र ४ रन खर्चेर ३ विकेट लिए। बसन्त रेग्मी र ललित राजबंशीले पनि ३/३ विकेट लिए पनि किफायती बलिङ्ग र माथिल्लो क्रमका ब्याट्सम्यानलाई आउट गरेका लामिछाने उत्कृस्ट खेलाडी चुनिएका हुन्।

Sandeep Lamichhane
Player of the match Sandeep Lamichhane ( File Photo )

५ खेलमा सन्दिपको २० विकेट 

प्रतियोगिताको ५ खेलमा नेपाली लेग स्पिनरले २० विकेट लिंदै धेरै विकेट लिने सुचीमा पहिलो स्थानमा छन्। दोश्रो स्थानमा नेपालकै ललित राजबंशी १० विकेट सहित रहेका छन्। २० विकेट लिन सन्दिपले कुल १७ ओभर बलिङ्ग गर्दै ४ मेडन ओभर फालेका छन्। २.४१ प्रतिओभर इकोनोमी, २.०५ को एभरेज र ५.१ को स्ट्राइक रेटमा सन्दिपले बलिङ्ग गरेका छन्।

 बिरुद्ध   विकेट र स्पेल 
म्यानमार ४ विकेट ( २-०-३-४ )
मलेसिया ५ विकेट ( ४-०-२०-५ )
थाईल्याण्ड ५ विकेट ( ३-१-८-५ )
भुटान ३ विकेट ( ४-२-६-३ )
चिन ३ विकेट ( ४-१-४-३ )

रेकर्ड तोड्लान सन्दिपले ? 

एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि सर्वाधिक विकेट लिने रेकर्ड सन्दिप लामिछानेको नाममा रहेको छ। उनले गत बर्ष जुलाईमा सिंगापुरमा सम्पन्न यु-१९ बिश्वकप छनौट प्रतियोगितामा ६ खेलमा कुल २४ विकेट लिंदै किर्तिमान कायम गरेका थिए। 

सिनियर टिमको लागि भने एकै प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको छ। रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ( तिन दिवसीय ) प्रतियोगितामा २१ विकेट लिएका थिए। यु-१९ स्तरमा राहुल बिश्वकर्माले सन् २०११ को यु-१९ बिश्वकप छनौट प्रतियोगितामा समान २१ विकेटनै लिएका थिए।

यदी प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसंग सन्दिपले खेल्ने मौका पाए भने उनि नेपाल राष्ट्रिय क्रिकेट टिमको लागि एकै प्रतियोगितामा धेरै विकेट लिने खेलाडी बन्न सक्छन्। रेकर्ड तोड्नको लागि उनले २ विकेट लिनु पर्नेछ वा बराबरी गर्न १ विकेट आवस्यक छ।

सन्दिपले तोड्लान त रेकर्ड ?





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]