करनलाई उछिन्दै सन्दिप बने नेपालको सर्वाधिक विकेटकर्ता

नेपालमा जारि त्रि-देशीय टि-ट्वान्टी सिरिजमा नेदरल्याण्डसंगको खेलमा ४ विकेट लिंदै नेपाली लेग स्पिनर सन्दिप लामिछाने टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।

नेपालको लागि २३ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा सन्दिपले कुल ४२ विकेट आफ्नो नाम गरेका छन्। यस क्रममा उनले २३ खेलमा ८६.५ ओभर बलिंग गर्दै ५७८ रन खर्चेका छन्। सन्दिपको औशत १३.७६ रहेको छ भने १२.४ को स्ट्राइक रेट तथा ६.६५ रन प्रतिओभर रन खर्चेका छन्।

जारि त्रि-देशीय सिरिजमा सन्दिपले ३ खेलमा ८ विकेट लिईसकेका छन्। सन्दिप सिरिजको सर्वाधिक विकेटकर्ता समेत हुन्। सन्दिप पछि करन केसीले ३ खेलमा ४ विकेट लिएका छन् र दोश्रो सर्वाधिक विकेटकर्ता हुन्। सन्दिपले नेदरल्याण्ड र मलेसियासंगको खेलमा समान २ विकेट लिएका थिए।

सर्वाधिक विकेटकर्ता हुने क्रममा सन्दिपले फास्ट बलर करन केसीलाई उछिनेका हुन्। करनले सन्दिप भन्दा १ विकेट कम ४१ विकेट लिएका छन्। तर करनले सन्दिप भन्दा ८ खेल बढी अर्थात् ३१ खेल खेलेर उक्त विकेट लिएका हुन्। करनले ३१ खेलमा १०४ ओभर बलिंग गर्दै ७८२ रन खर्चेर उक्त विकेट लिएका हुन्। करनको औशत १९.०७, स्ट्राइक रेट १५.०२ रहेको छ भने ७.५१ रन प्रतिओभर खर्चेका छन्।

Karan KC , Sandeep Lamichhane

सन्दिप र करन पछि तेश्रो धेरै विकेट लिने खेलाडी सोमपाल कमि हुन् जसले ३१ खेलमा २८ विकेट लिएका छन्। चौथो धेरै विकेट लिने बलर बसन्त रेग्मी हुन् जसले १८ खेलमा २५ विकेट लिएका छन्। पाँचौ धेरै विकेट लिने बलर अविनाश बोहराले २३ खेलमा २१ विकेट लिएका छन्। छैठौ धेरै ललित राजबंशीले १२ खेलमा १० विकेट लिएका छन्। सन्दिप, करन, सोमपाल, बसन्त, अविनाश र ललित बाहेक अन्य नेपाली बलरले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १० भन्दा कम विकेट लिएका छन्।

सन् २०१८ मा नेदरल्याण्डसंग टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका सन्दिपले दुई पटक एकै खेलमा ४ विकेट लिएका छन्। दुवै पटक नेदरल्याण्डसंग सन्दिपले एकै खेलमा ४ विकेट लिएका हुन्। यस्तै सन्दिपले ४ पटक एकै खेलमा ३ विकेट लिएका भने भने ९ पटक एकै खेलमा २ विकेट लिएका छन्।

सन्दिपले नेपालको लागि खेलेको २३ वटा टि-२० अन्तर्राष्ट्रियमा मात्र ४ पटक विकेटविहिन हुनु परेको छ।

सन्दिपको महँगो स्पेल 

नेदरल्याण्डसंग ४ विकेट लिंदै सर्वाधिक विकेटकर्ता बनेता पनि सन्दिपले खराब किर्तिमान पनि बनाएका छन्। ४ विकेट लिने क्रममा उनले खर्चेको ४८ रन टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दिपको महँगो स्पेल हो। यस्तै नेपालको टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै सन्दिपको ४-०-४८-४ को स्पेल दोश्रो महँगो स्पेल हो। सबैभन्दा महँगो स्पेल गर्ने खेलाडी बसन्त रेग्मी हुन् जसले २०१९ मा सिंगापुर बिरुद्ध ४ ओभरमा ५४ रन खर्चेका थिए।

सन्दिपको यस अघि सबैभन्दा महँगो स्पेल नेदरल्याण्ड बिरुद्ध २०१८ मा थियो जति बेला लर्ड्स मैदानमा विकेटविहिन रहेका सन्दिपले ४ ओभरमा ४३ रन खर्चेका थिए।

यस्तै नेदरल्याण्ड बिरुद्ध ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिएका शाहब आलमको स्पेल तेश्रो महँगो स्पेल हो। हालसम्म नेपाली बलरले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ११ पटक मात्र आफ्नो स्पेलमा ४० वा सो भन्दा बढी रन खर्चेका छन्।

यो पनि पढ्नुस 

स्लो ओभर रेटका कारण रोहितलाई १२ लाख भारु जरिवाना

रुख चढेर खेल हेरे नेपाली दर्शकले, नेदरल्याण्ड खेलाडी बेन कुपरले गरे तारिफ

IPL : मुम्बईलाई हराउदै दिल्ली दोश्रो स्थानमा उक्लियो





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]