सन्दिपको खेल हेर्न नेपाली समुदायलाई मेलबर्न स्टार्सको बिशेष छुट

  • विकेटनेपाल, पुष १३

अष्ट्रेलियाको घरेलु टि-२० क्रिकेट प्रतियोगिता बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछानेको खेल हेर्न जाने नेपाली दर्शकका लागि मेलबर्न स्टार्सले टिकट मूल्यमा बिशेष छुट दिने भएको छ।

अंग्रेजी नयाँ बर्षको दिन मेलबर्न रेनेगेड्स बिरुद्द हुने स्टार्सको चौथो खेल नेपाली समय अनुसार दिउसो २ बजेबाट सुरु हुनेछ। बिग ब्यासको अफिसियल वेबसाइटलाई आधार मान्दा उक्त खेलको टिकट एकदम छिटो बिक्रि भईरहेको छ।

मेलबर्न स्टार्सले एक बिज्ञप्ती जारि गर्दै अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहने नेपालीहरुले यसको फाइदा उठाउन सक्ने बताएको छ। ‘सन्दिप लामिछानेको आगमनको खुसियालीमा हामी तपाइँहरुलाई छुट प्रदान गरेका हौँ। हामी तपाइँहरुलाई छुट दिन पाउदा प्रसन्न भएका छौ। अब सस्तो मूल्यमा खेलको आनन्द लिन सक्नुहुनेछ। ‘ बिज्ञप्तीमा उल्लेख छ।

अब सन्दिप समर्थकको नेपाली समुदायका समर्थकले २५ डलरमा टिकट लिन सक्नेछन्। त्यसको लागि यहाँ गएर फर्म भर्न सकिनेछ।

स्टार्सले आफ्नो घरेलु मैदान मेलबर्न क्रिकेट ग्राउण्डमा नेपाली समर्थक अर्थात सन्दिप समर्थकको लागि छुट्टै बस्ने ब्यबस्था समेत मिलाएको छ। उक्त मैदानमा अहिले अष्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट खेल चलिरहेको छ। उक्त टेस्ट खेल हेर्न अष्ट्रेलियाको भ्रमणमा रहेका नेपाली खेलाडीद्वय कप्तान पारस खड्का र अलराउण्डर दिपेन्द्र ऐरी पनि पुगेका थिए।

सम्भवतः भिक्टोरिया राज्यमानै जारि नेपाली फेस्टिवलको लागि आकर्षण प्रदान गर्न गएका पारस र दिपेन्द्रले पनि सन्दिपको खेल हेर्न एमसिजी पुग्ने छन्।

मेलबर्न स्टार्सले यसअघि खेलका ३ खेल मध्ये २ मा हार व्यहोरेको थियो भने पछिल्लो खेलमा जित प्राप्त गरेको थियो। खेलमा सन्दिप लामिछानेले २ विकेट लिने क्रममा ४ ओभरमा १८ रन मात्र खर्चिएका थिए। लामिछानेले अहिलेसम्म ३ खेलबाट ७ विकेट लिँदै प्रतियोगितामा सर्बाधिक विकेट लिने खेलाडीहरु मध्ये रहेका छन्।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]