नेपाली क्रिकेट टोलीलाई सन्दीपले दिए शुभकामना

२०८१ जेष्ठ २२, मंगलवार १७:१०

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको विश्वकपमा सहभागी नेपाली टिमलाई सन्दीप लामिछानेले शुभकामना दिएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत लामिछानेले नेपाली टोलीलाई शुभकामना दिएका हुन् । नेपालले मंगलबार बेलुका नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्दैछ ।

भिषा समस्याका कारण अमेरिकामा विश्वकपमा सहभागी हुन जान नपाएका सन्दीपले नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने समेत बताएका छन् ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy