ओमान र स्कटल्यान्डले अंक बाडे

२०८१ श्रावण २, बुधबार १०:२८

काठमाडौं । ओमान र स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा वर्षाका कारण खेल नतिजाबिहीन रुपमा सकिएपछि अंक बाडेका छन् ।

लिग टू सिरिज अन्तर्गत मंगलबारबाट स्कटल्यान्डमा सुरु ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेल वर्षाका कारण पूरा हुन नपाउँदा दुवै टोलीले १-१ अंक बाडेका हुन् ।

स्कटल्यान्डले ओमानले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएर १२ दशमलब २ ओभरमा ९९ रन बनाएको अवस्थामा भारी वर्षा भएर खेल रोकिएको थियो । वर्षा नरोकिए पछि खेल नतिजाबिहिन रुपमा सकिएको हो ।

अंक बाडेसँगै आठ टोली सहभागी लिग टू को अंक तालिकामा स्कटल्यान्ड तीन अंकका साथ चौथो स्थानमा कायमै छ । लिग टू अन्तर्गत पहिलो खेल खेल्दै गरेको ओमान एक अंकका साथ छैटौं स्थानमा छ । क्यानडा आठ अंकका साथ शीर्ष स्थानमा छ । अंकतालिकामा दुई अंकका साथ नेपाल पाँचौं स्थानमा छ ।

लिग टूको शीर्ष चार टोलीले २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउँने छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy