सेमीफाइनलमा नेपालको भेट मलेसियासंग

Kishor Mahato after taking wicket
  • विकेटनेपाल, भदौ २९ 

एसीसी यु-१९ ( पूर्वी क्षेत्र ) प्रतियोगिता अन्तर्गत शनिबार हुने सेमीफाइनलमा नेपालको खेल मलेसियासंग हुने पक्का भएको छ ।

समुह ‘ए’ मा रहेको नेपालले आफ्नो ३ वटै खेल जित्दै समुह बिजेताको रुपमा सेमीफाइनलमा स्थान बनाईसकेको छ । समुह ‘बि’ मा हंगकंगले पनि ३ वटै खेल जित्दै समुह बिजेता भयो भने ३ मध्ये २ खेल जित्दै मलेसिया समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। समूह ‘ए’ बाट उपविजेताको रुपमा सिंगापुर पनि सेमीफाइनल प्रवेश गरिसकेको छ ।

शनिबार हुने २ वटा सेमीफाइनलमामा समुह ‘ए’ बिजेता नेपालले समुह ‘बि’ को उपविजेता मलेसियाको सामना गर्नेछ । यस्तै अर्को सेमीफाइनलमा समुह ‘बि’ को बिजेता हंगकंगले समुह ‘ए’ को उपविजेता सिंगापुरको सामना गर्नेछ ।

मलेसिया समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनलमा पुगेको हो

सेमीफाइनल खेल शनिबार बिहान ७:१५ बजे ( नेपाली समय) सुरुहुने छ। खेल किनरारा ओभल मैदानमा हुनेछ जुन मैदानमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको थियो।

प्रतियोगिताको फाइनल खेल आइतबार किनरारा मैदानमा खेलिनेछ जसको बिजेता नोभेम्बरमा मलेसियामा संचालन हुने यु-१९ एसिया कप खेल्न छनौट हुनेछ । एसिया कपमा एसियाली टेस्ट रास्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश पनि सहभागी हुनेछन्।

सेमीफाइनल र फाइनल खेलको फेसबुक लाइभ विकेटनेपाल फेसबुक  पेजमा हुनेछ भने खेलको टेक्स्ट अपडेट पेज र वेबसाइट दुवैमा हुनेछ ।

सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपाल सेमीफाइनलमा

सिंगापुरलाई ७ विकेटले पराजित गर्दै समुह ‘ए’ को बिजेताको रुपमा नेपाल एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । ( स्कोरकार्ड )

प्रतियोगितामा लगातार ३ खेल जित्दै नेपाल समुह ‘ए’ को बिजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा थाईल्याण्डलाई २५५ रनले, दोश्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गरेको थियो ।

सिंगापुरले दिएको ६८ रनको लक्ष नेपालले १३.४ ओभरमै पुरा गर्दै सहज जित हात पार्यो l

नेपालको लागि सुमित महर्जनले अविजित १० र सन्दिप जोराले अविजित ७ रन बनाउदै जित सम्म पुर्याएका थिए । ओपनर सन्दिप सुनारले २०, आसिफ शेखले ६ तथा अनिल शाहले १८ रन बनाएर विकेट गुमाएका थिए ।

पवन सर्राफ

मलेसियन बलर अभि दीक्षितले २ विकेट र अंश भार्गबले १ विकेट हात पारेका थिए ।

खेलमा टस जितेर ब्याटिंग गरेको सिंगापुरलाई नेपालले ६७ रनमै अलआउट गरेको थियो ।

नेपालको लागि अफ स्पिनर पवन सर्राफले उत्कृस्ट बलिंग गर्दै ६ विकेट हात पारे । उनले ८ ओभर बलिंग गर्दै ४ मेडन ओभर सहित १२ रन खर्चिएका थिए ।

यस्तै ओपनिंग बलर किशोर महतोले २ सुरुवाती विकेट हात पारेका थिए । दिपेन्द्र ऐरी र सन्दिप लामिछानेले १-१ विकेट आफ्नो नाम गरे ।

सिंगापुर ब्याट्सम्यान सिद्धान्त र अर्यमान उचिलले समान २०/२० रन योगदान दिएका थिए । उचिलले २ छक्का समेत प्रहार गरे भने सिद्धान्तले १ छक्का र १ चौका प्रहार गरेका थिए ।





थप समाचार

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]