नेपाल बिश्वकप छनौट हुन असफल

  • विकेटनेपाल, १० साउन

आईसीसी यु-१९ एसिया बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत छैठौं तथा अन्तिम खेलमा नेपाल अफगानिस्तानसंग ९६ रनले पराजित हुन पुगेको छ। स्कोरकार्ड 

प्रतियोगितामा सबै खेलमा जित सहित अफगानिस्तान २०१८ यु-१९ बिश्वकप खेल्न छनौट भएको छ कुल ६ खेल मध्ये ४ मा जित र अफगानिस्तानसंगको दुवै खेलमा हार बेहोरेको नेपाल दोश्रो स्थानमा रहँदै बिश्वकप छनौट हुन असफल रह्यो । नेपालले यस अघि अफगानिस्तानसंग १४१ रनको हार बेहोरेको थियो ।

सिंगापुर, इन्डियन एसोसियसन मैदानमा अफगानिस्तानले टस जितेर ब्याटिंग गर्दै दिएको १९६ रनको लक्ष पछ्याएको नेपाली टिमले ४०.३ ओभरमा ९९ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो ।

नेपालको लागि दिपेन्द्र ऐरीले ४८ रनको योगदान दिनु बाहेक अन्य ब्याट्सम्यानले ठुलो योगदान दिन सकेनन्। पवन सर्राफ र प्रकास केसीले १०/१० रनको योगदान दिए l अफगानिस्तान बलर युसुफ जाजीले ४ तथा मुजिब रहमानले ३ विकेट हात पारे।

टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले ४६.५ ओभरमा १९५ रनमा सबै विकेट गुमाएको थियो। अफगानिस्तान ओपनर इब्राहिम जद्रानले शतक प्रहार गर्ने क्रममा ११४ बलमा ७ चौका र ५ छक्का मदतले १०१ रनको योगदान दिएका थिए। उनि बाहेक अन्य अफगानिस्तान ब्याट्सम्यानहरुले ठुलो स्कोर बनाउन सकेनन्।

शाहब आलमले ४ विकेट हात पारे

नेपालको लागि शाहब आलमले ४ तथा दिपेन्द्र ऐरीले ३ विकेट हात पारे। शाहब आलमले इनिंगको ४५ औ ओभरमा ३ विकेट हात पार्दै एकसमय बलियो देखिएको अफगानिस्तानलाई थोरै रनमा सिमित गर्न महत्वपूर्ण योगदान दिएका थिए।

सन्दिप लामिछाने र पवन सर्राफले १/१ विकेट हात पारे।

धेरैले पढेको :-





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]