आरिफ र शरदको प्रदर्शनले भैरहवा प्ले-अफमा

  • विकेटनेपाल, पौष १० – सोमबार

आरिफ शेख र शरद भेसावकरको महत्त्वपूर्ण साझेदारी मदतले भैरहवा ग्लाडीएटर्सले पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ।

आजको खेलपछि भैरहवाले महत्त्वपूर्ण २ अंक बटुल्दै ४ खालमा ६ अंकका साथ दोश्रो स्थानमा उक्लेको छ भने पोखराको पनि समान ४ खेलबाट ४ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

|| स्कोरकार्ड || अंकतालिका ||

पोखराले पहिले ब्याटिंग गर्दै १०९ रनको लक्ष्य दिएपछि ब्याटिंग गर्न उत्रिएको भैरहवाले उक्त लक्ष्य १७.४ ओभरमा मात्र ३ विकेटको क्षतिमा पुरा गरेको थियो ।

लक्ष्य पछ्याउनेक्रममा खराब सुरुवात गरेको भैरहवाले टिमको स्कोर मात्र ७ रन हुँदा दोश्रो ओभरको पाचौं बलमा प्रदीप ऐरीलाई व्यक्तिगत २ रनको स्कोरमा गुमाएको थियो ।  त्यसपछि अर्का ओपनर प्रथम सालुंखेले आक्रामक क्रिकेट खेल्ने  क्रममा बिक्रम सोबलाई एकै ओभरमा लगातार ५ चौका प्रहार गरेका थिए । उनि   टिमको स्कोर ३२ रन रहेको बेला १२ बलमा ६ चौका सहित २४ रन बनाउदै  चौथो ओभरको अन्तिम बलमा आउट भए । हरिशंकर शाह पनि ३७ रनको योगफलमा ३ रनमा पेभेलियन फर्किए ।

त्यसपछि ब्याटिंग गर्न आएका आरिफ शेखले कप्तान शरद भेसावकरसँग मिलेर ७६ बलमा अविजित ७३ रनको साझेदारी गर्दै टिमलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । आरिफ शेखले ताज अलिले गरेको लेग स्टाम्पको बललाई अगाडी बढेर बलरको माथिबाट छक्का प्रहार गर्दै आफ्नै ईस्टाईलमा खेल जिताए । आरिफले ४८ रन बनाउने क्रममा ४७ बलमा ३ छक्का र समान चौका प्रहार गरे भने कप्तान शरद भेसावकरले ३७ बलमा ३ चौका सहित ३२ रनको पारि खेले ।

बलिंगतर्फ सुरुवाती ओभरमा विकेट लिनेक्रममा ताज अलिले २ विकेट हात पार्नेक्रममा ३.४ ओभरमा २५ रन खर्चे भने शक्ति गौचनले १ विकेट लिदै ४ ओभरमा १९ रन खर्चे । बिक्रम सोबलाई प्रथम सालुंखेले एक ओभरमा ५ चौका प्रहार गरेपछि २ ओभरमा २५ रन खर्चिदै महंगा साबित भए ।

 

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको पोखराले राम्रो सुरुवातका बाबजुत मध्यक्रम चल्न नसक्दा १०८ रन बनाउदा १८.३ ओभरमा सबै विकेट गुमाएपछी भैरहवाले जितको लागि १०९ रनको लक्ष्य पाएको थियो ।

आरिफ शेख म्यान अफ द म्याच 

ओपनर सुनिल धमलाले प्रथम सालुंखेको बलमा पहिलो विकेटको रुपमा आउट हुनुअघि १६ बलमा २ चौका सहित १५ रन बनाएका थिए जतिबेला टिमको स्कोर २३ रन रहेको थियो । त्यसपछि इस्रार उल्लाहले दोश्रो विकेटको लागि असिफ अलि भुवन कार्कीको बलमा आउट हुनु अघि २४ रनको साझेदारी गरे । अलि १० रनमा पेभेलियन फर्किए ।

त्यसपछि अर्को छेउबाट लगातार विकेट झरेपछि टिमले राम्रो सुरुवातलाई ठुलो स्कोरमा बदल्ने मौका गुमाउन पुग्यो । इस्रार उल्लाहले अर्को छेउको प्रेसरले ४० बलमा ६ चौका सहित ४१ रन प्रहार गर्दै ठुलो सट खेल्ने चक्करमा बाउन्ड्रीमा क्याच आउट भए । नुरधोज सेनले ७, सौरभ खनालले १ छक्का सहित ९, ताज अलिले ४, शक्ति गौचनले अविजित ३, बिक्रम सोभले २ रन बनाउदा बिनोद भण्डारी गोल्डेन डक र राजेश पुलामी डक आउट भए । पोखराले अतिरिक्त १७ रन पाएको थियो ।

बलिंगतर्फ भैरहवाका दिपेश श्रेष्ठले १४ रन खर्चेर २, शरद भेसावाकरले १८ रन खर्चेर २ तथा कृष्ण कार्कीले २३ रन खर्चेर २ विकेट हातपार्दा प्रथम सालुंखे, हरिशंकर शाह र आरिफ शेखले समान १ विकेट हात पारेका छन् ।

खेल जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै सुरुवातमा सम्हाल्लिएर ब्याटिंग गर्दै अन्तिमका ओभरमा आक्रामक क्रिकेट खेलेका आरिफ शेख म्यान अफ द म्याच घोषित भए ।

 

( फिचर फोटो – भैरहवा , फेसबुक )





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]