एसिया कप : २ विकेटले बंगलादेशलाई हराउदै श्रीलंका सुपर-४ प्रवेश

बंगलादेशलाई २ विकेटले पराजित गर्दै श्रीलंका युएईमा जारि एसिया कपको सुपर-४ चरण प्रवेश गरेको छ। यस अघि भारत र अफगानिस्तानले सुपर-४ चरणमा स्थान पक्का गरिसकेका छन्।

स्कोरकार्ड हेर्नुस 

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा बंगलादेशले दिएको १८४ रनको लक्ष्य श्रीलंकाले ४ बल बाँकी रहंदा ८ विकेट गुमाएर भेटायो। श्रीलंकन क्रिकेट टिमले पछ्याएको यो दोश्रो ठूलो लक्ष्य हो। यस अघि २०२२ मा श्रीलंकाले बंगलादेश बिरुद्धनै १९४ रनको लक्ष्य पछ्याएको थियो। युएईमा कुनै पनि टिमले पछ्याएको योनै सर्वाधिक लक्ष्य हो।

श्रीलंकाको लागि ओपनर कुशल मेन्डिसले सर्वाधिक ६० रन बनाए जुन क्रममा ३७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। कप्तान दासुन शनाकाले ४५, पथुम निसंकाले २० रन बनाए। असिथा फर्नान्डोले ३ बलमा २ चौका मद्दतले अविजित १० रन बनाउदै छिटो जित दिलाए। लक्ष्य पछ्याउने क्रममा बंगलादेशले अन्तिम दुई ओभरमा दुईवटा रन आउट दिनु हारको प्रमुख कारण बन्न पुग्यो।

बंगलादेश बलर इबादत होसेनले ३ विकेट, तास्किन एहमदले २ विकेट तथा मुस्तफिजुर रहमान र मेहदी हसनले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट क्षेतीमा १८३ रन बनायो। उसको लागि अफिफ होसेनले सर्वाधिक ३९, मेहदी हसनले ३९, महमुदुल्लाह र शाकिब अल हसनले समान २४ रन बनाए। श्रीलंकन बलर वानिन्दु हसरंगा र चमिका करुनारत्नेले २/२ विकेट लिए।

स्कोरकार्ड हेर्नुस 

समुह ‘बि’ बाट यस अघिनै दुवै खेल जित्दै अफगानिस्तान सुपर-४ चरण प्रवेश गरिसकेको छ। १ जित र १ हार पछि श्रीलंका सुपर-४ प्रवेश गर्दा दुवै हार बेहोरेको बंगलादेश पहिलो चरणबाट बाहिर भयो। समुह ‘ए’ बाट दुवै खेल जित्दै भारत सुपर-४ प्रवेश गरिसकेको छ। पाकिस्तान र हंगकंग बीच भोलिको खेलको विजेता टिम सुपर-४ प्रवेश गर्ने अन्तिम टिम हुनेछ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]