सप्तरी प्रिमियर लिग : सन्तोषले आक्रमक ब्याटिंग गर्दा राजविराज द किंग विजयी, टिभीएस किंग्सको दोश्रो जित

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो दिन सम्पन्न खेलहरुमा टिभीएस किंग्स राजविराज र राजविराज द किंगले जित दर्ता गरेका छन्।

दिनको पहिलो खेलमा टिभीएस किंग्स राजविराजले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा राजविराज ब्रदर्शलाई ५३ रनले पराजित गर्यो। स्कोरकार्ड , अंकतालिका

टिभीएस किंग्स राजविराजले दिएको १७५ रनको लक्ष्य पछ्याएको राजविराज ब्रदर्शले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १२१ रन मात्र बनाउन सक्यो। ब्रदर्शका चन्द्र प्रकाश मेहताले ३९ तथा निरज कुमार यादवले २९ रन योगदान दिए। टिभीएस किंग्सका बलर बिशाल सुश्लिंग र दिपेश सरदारले २/२ विकेट तथा शेइख इमरान, महबुब आलम र पप्पु यादवले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको टिभीएस किंग्सले २० ओभरमा ८ विकेट क्षेतीमा १७४ रन बनायो। उसको लागि ओपनर रोहन बिकले सर्व्धिक ४२ रन, बिशाल सुश्लिंगले ३५ रन तथा महबुब आलमले ३३ रन योगदान दिए। राजविराज ब्रदर्शका पार्थिव यादवले ३, सोनु तामांगले २ तथा अनुज चुनारा र अजय यादवले १/१ विकेट लिए। खेलको प्लेयर अफ द म्याच बिशाल सुश्लिंग घोषित भए।

टस जितेर ब्याटिंग गरेको राजविराज द किंगले २० ओभरमा ८ विकेट क्षेतीमा २२४ रन बनायो।

दिनको दोश्रो खेलमा राजविराज द किंगले पहिलो जित दर्ता गर्ने क्रममा तिलाठी कोइलाडी जायन्ट्सलाई १०९ रनले पराजित गर्यो। द किंगले दिएको २२५ रनको लक्ष्य पछ्याएको जायन्ट्सले १६ ओभरमा ११५ रनमा सम्पूर्ण विकेट गुमायो। स्कोरकार्ड , अंकतालिका तिलाठी कोइलाडीको ब्याटिंगमा रोशन विश्वकर्माले सर्वाधिक २० रन बनाए। राजविराज द किंगको बलिंगमा रोहित कुमार सिंह, नन्दन यादव, रुपेश कुमार सिंह र फिर्दोश अन्सारीले समान २ विकेट लिए।

यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका द किंगका ओपनर सन्तोष कार्कीले आक्रामक ब्याटिंग गर्दै ८८ रन बनाए जुन क्रममा ४१ बलमा ४ चौका र ९ छक्का प्रहार गरे। यस्तै नन्दन यादवले ३७, फिर्दोश अन्सारीले ३४ तथा शंकर रानाले २९ रन बनाए। तेश्रो विकेटको लागि सन्तोषले फिर्दोशसंग १०८ रनको साझेदारी गरे। तिलाठी कोइलाडीका बलर जितेन्द्र यादवले ३, विकास दासले २ तथा अविशेक कार्की र योगेन्द्र सिंह कार्कीले १/१ विकेट लिए। खेलको प्लेयर अफ द म्याच सन्तोष कार्की घोषित भए।

प्रतियोगिता अन्तर्गत चौंथो दिन पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा बिहान ९ बजे बजाज खडक वारियर्स र टिभीएस किंग्स राजविराज तथा दोश्रो खेलमा राजविराज ब्रदर्श र राजविराज द किंग्स प्रतिस्पर्धा गर्नेछन्।

पाँच टिम सहभागी प्रतियोगिताको लिग चरणमा सबै टिमले एकअर्का बिरुद्ध १/१ खेल खेलेपछि उत्कृस्ट हुने दुई टिम फाइनल प्रवेश गर्नेछन्। टिभीएस किंग्स राजविराज, राजविराज द किंग, बजाज खडक वारियर्स, तिलाठी कोइलाडी जायन्टस र राजविराज ब्रदर्श प्रतियोगितामा सहभागी छन्।

 





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]