सप्तरी प्रिमियर लिग-६ : तिरुहट टाइगर्स र राजविराज राजदेवी विजयी 

सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत दोश्रो दिन शनिवार सम्पन्न दुई खेलमा तिरुहट टाइगर्स र राजविराज राजदेवी एघार  विजयी भएका छन्।

आज सम्पन्न पहिलो खेलमा राजविराज राजदेवी एघारले बलान बिहुल सुपर किंग्सलाई १ रनले पराजित गर्यो।

राजविराज राजदेवीले दिएको ७३ रनको लक्ष्य  पछ्याएको बलान बिहुलले १६.३ ओभरमा ७१ रनमा सबै विकेट गुमायो।

बलान बिहुलको ब्याटिंगमा साहिल पटेलले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। राजविराज राजदेवीको बलिंगमा रिजन ढकाल र श्रवन यादवले समान ३ विकेट लिए। रिजनले ४ ओभरमा ३४ रन तथा प्लेयर अफ द म्याच श्रवनले ४ ओभरमा मात्र १२ रन खर्चिए। रञ्‍जित कुमारले २ तथा जितेन्द्र यादव र अजय यादवले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरको राजविराज राजदेवी एघारले १५.५ ओभरमा ७२ रनमा सबै विकेट गुमायो। ओपनर दिलिप नाथले ३२ तथा विजय यादवले २६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलान बिहुल सुपर किंग्सको बलिंगमा गोमानंद अमात्य र नितेश कुमार यादवले समान ३ विकेट लिए। ह्याप्पी कुमार यादवले २ तथा सन्तोष कार्की र कप्तान विवेक यादवले १/१ विकेट लिए।

आज सम्पन्न दोश्रो खेलमा सनराइज एघार तिलाठी कोइलाडीलाई ८ विकेटले पराजित गर्दै तिरुहट टाइगर्सले विजयी सुरुवात गर्यो।

सनराइज एघार तिलाठी कोइलाडीले दिएको १०८ रनको लक्ष्य तिरुहुटले १२ ओभरमा भेटायो।

तिरुहुटका ओपनर शंकर रानाले अविजित अर्धशतकीय योगदान दिए। रानाले ४० बलमा ७ चौका र २ छक्का प्रहार गरे। बसिर अहमदले २८, निरज यादवले १४ तथा अमित यादवले ११ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरेको सनराइज एघार तिलाठी कोइलाडीले २० ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएको थियो।

तिलाठी कोइलाडीको लागि रोबिन सिंहले सर्वाधिक २४, प्रकाश मण्डलले २२, साकेत सिंहले १५ तथा राजेश रजकले १४ रन बनाए। तिरुहुट टाइगर्सको बलिंगमा दिपेश कंडेलले सर्वाधिक ३ विकेट तथा बसिर अहमदले २ विकेट लिए। प्लेयर अफ द म्याच घोषित दिपेशले ४ ओभरमा २० तथा बसिरले ४ ओभरमा २३ रन बनाए। अनिल यादव र अभिषेक कार्कीले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत तेश्रो दिन आइतबार पनि दुई खेल हुनेछन्। विहान ९ बजे हुने पहिलो खेलमा छिन्नमस्ता लायन्स र राजविराज राजदेवी एघार तथा दिउँसो १:३० बजेको दोश्रो खेलमा बलान बिहुल सुपर किंग्स र कन्चनरुप राइनोज प्रतिस्पर्धा गर्नेछन्।

जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन्। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन्। राउण्ड रोबिन लिग अन्तर्गत संचालन हुने लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १/१ खेल खेलीसकेपछि समुहको शिर्ष-४ टिम बीच प्ले-अफमा प्रतिस्पर्धा हुनेछ।

राष्ट्रिय क्रिकेटरहरु बिनोद भण्डारी, भिम शार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खान जस्ता राष्ट्रिय क्रिकेटरहरु बिभिन्न टिमको प्रतिनिधित्व गरिरहेका छन्।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]