चौधरी बने खेलकुद मन्त्री

२०८१ असार ३२, सोमबार १४:३२

काठमाडौं । तेजुलाल चौधरी सोमबार युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ मन्त्रीमण्डलमा नेपाली कांग्रेसका सांसद रहेका चौधरीले खेलकुद मन्त्रीको जिम्मेवारी पाएका हुन् ।

सोमबार राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित अन्य मन्त्रीले सपथ लिएका थिए ।

नवनियुक्त खेलकुद मन्त्री चौधरी सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट  निर्वाचित भएका थिए।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठ खेलकुद मन्त्री थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy