नेपाली यु-१९ टिम श्रीलंका क्रिकेटबाट सम्मानित

श्रीलंका यु-१९ क्रिकेट टिमसंग युथ एसिया कपमा उत्कृस्ट प्रदर्शन गरेको नेपाली टिमलाई श्रीलंका क्रिकेटले सोमबार सम्मान गरेको छ l

श्रीलंका, कोलोम्बोमा बिहिबार सम्पन्न खेलमा नेपाल मात्र १ रनले पराजित हुनेक्रममा आयोजक रास्ट्र बिरुद्ध उत्कृस्ट क्रिकेट खेलेको थियो l उक्त खेलमा पराजित भएपनि आफ्नो खेलले नेपाली टिमले सबैको वाहवाही बटुलेको थियो l

15622369_2014593411905189_5187414793636918263_n 15540733_2014593405238523_8907302527923413496_o

श्रीलंका क्रिकेटको मुख्यालयमा आयोजित एक कार्यक्रम बीच श्रीलंका क्रिकेटका प्रमुख थिलंगा सुमथीपालाले नेपाली टिमको प्रदर्शनको तारिफ गर्दै टिमलाई अत्यावश्यक क्रिकेट सामग्रीहरु प्रदान गर्नुभएको हो l नेपाली टिमको प्रत्येक सदस्यहरुलाई क्रिकेट ब्याट,प्याड, हेल्मेट लगायत क्रिकेट सामग्रीहरु हौसला स्वरूप सुमथीपालाले प्रदान गर्नुभएको थियो l

प्रतियोगितामा नेपालले श्रीलंका र भारत संग पराजित हुँदा स्तरीय क्रकेट प्रदर्शन गरेको थियो भने मलेसियालाई पराजित गरेपनि पहिलो चरण पार गर्न असफल भएको थियो l

 

( photo : Sri Lanka Cricket )





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]