सुदिप सबैभन्दा महँगोमा बिक्रि ,हेर्नुस को कतिमा बिके ( माछापुच्छ्रे क्रिकेट लिग अक्सन )

  • विकेटनेपाल, २२ साउन – पोखरा

पोखरामा साउन १६ देखि २८ सम्म संचालन हुने माछापुच्छ्रे क्रिकेट लिगको आज पोखरामा सम्पन्न भएको अक्सनमा सुदिप पौडेल सबैभन्दा महंगा खेलाडी भएका छन् l

पोखराका दायाँ हाते ब्याट्सम्यान सुदिपलाई डाउन टाउन लायन्स पोखरा टिमले रु. १० हजार रुपैयाँमा खरिद गरेको छ l सुदिप क्षेत्र नम्बर ८ पोखराको प्रतिनिधित्व गरेर रास्ट्रिय प्रतियोगिता खेलीसकेका खेलाडी हुन् l

अक्सनमा सहभागी कुल १४१ खेलाडी मध्ये ६ टिम टिमले १४-१४ जना गरि कुल ८४ जना खेलाडी खरिद गरेको छ l सहभागी ६ वटा टिमले अक्सनमा १४ खेलाडी खरिद गर्न ४० हजार रुपैयाँ मात्र खर्च गर्न पाउने नियम थियो l

सुदिप पौडेल सबैभन्दा महँगोमा बिके

प्रत्येक टिमको कप्तान यस अघिनै घोषणा गरिसकिएको छ l टिम कप्तानले रु. १० हजार पाउनेछन् l

टिम स्यांजा वारियर्सले बिश्व थापालाई रु. ७,५०० रुपैयाँमा खरिद गरेको छ भने माछापुच्छ्रे लायन्स टिमले मेघनाथ खनाललाई रु. ७,००० मा खरिद गरेको छ l  भीएम वारियर्सले किशन खड्कालाई ७,००० रुपैयाँमा खरिद गर्यो l

खेलाडीको खरिद मूल्य न्यूनतम १ हजार रुपैयाँ देखि सुरु थियो भने अधिकतम एउटा खेलाडीमा रु. २० हजारसम्म टिमले खर्च गर्न पाउने नियम थियो l

केहि प्रमुख खरिद  ( टिम लिस्ट सबैभन्दा तल ) , WicketNepal.com

नाम मूल्य खरिद गर्ने टिम
सुदिप पौडेल रु. १०,००० डाउन टाउन लायन्स पोखरा
बिश्व थापा रु. ७,५०० स्यांजा वारियर्स
किशन खड्का रु. ७,००० भीएम वारियर्स
मेघनाथ खनाल रु. ७,००० माछापुच्छ्रे लायन्स
अघिन्द्र छन्त्याल रु. ५,५०० पर्बत टाईटन्स
मेख बहादुर सेन रु. ५,००० इन्फरम्याटिक्स कलेज चिता
बिराट दवाडी रु. ५,००० माछापुच्छ्रे लायन्स
जोय शर्मा रु. ५,००० इन्फरम्याटिक्स कलेज चिता
मिलन थापा मगर रु. ५,००० इन्फरम्याटिक्स कलेज चिता
दिपक कुँवर रु. ५,००० भीएम वारियर्स
मनोज कोइराला रु. ५,००० डाउन टाउन लायन्स
अशोक श्रेष्ठ रु. ५,००० स्यांजा वारियर्स
बिनय भण्डारी रु. ५,००० इन्फरम्याटिक्स कलेज चिता

अक्सनमा ४० जना खेलाडीहरु निम्नतम मूल्य रु. १ हजारमा बिक्रि भए भने १३ जना खेलाडीहरु रु. ५ हजार र त्यो भन्दा माथिको मूल्यमा बिक्रि भएका छन् l

अक्सनमा गण्डकी र धौलागिरी अंचलका खेलाडीहरुलाई मात्र सहभागी गराईएको थियो l

माछापुच्छ्रे क्रिकेट लिगको बिजेता टिमले ३ लाख र उपविजेता टोलिले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ l प्रत्येक म्यान अफ द म्याचले २ हजार रुपैयाँ पाउनेछ भने फाइनल खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछ l प्रतियोगिताको उत्कृस्ट खेलाडीले रु. २० हजार तथा बेस्ट बलर/ब्याट्सम्यानले १० हजार रुपैयाँ पुरस्कार पाउनेछ l

अक्सन पोखराको बाटिका होटलमा भएको थियो l

माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको प्रतियोगिताका सम्पूर्ण खेलहरु माछापुच्छ्रे क्रिकेट क्लब मैदान पोखरामा हुनेछ l

लिग अन्तर्गत पहिलो चरणमा ६ टिमले एक-अर्कासंग प्रतिस्पर्धा गर्नेछन् l लिग चरणबाट उत्कृस्ट ४ टोलि प्ले अफ चरण प्रवेश गर्नेछन् l लिगको उत्कृस्ट २ टिम बीच खेलको बिजेता सिधा फाइनल प्रवेश गर्नेछ भने उक्त खेलमा हार्ने टिमले लिगमा तेश्रो र चौथो टिम बीच भएको खेलको बिजेतासंग दोश्रो क्वालिफायर खेल खेल्नेछ जुन खेलको बिजेता फाइनल प्रवेश गर्नेछ l

टिम , कप्तान र मालिक 

१. माछापुच्छ्रे लायन्स  – कप्तान – दिपेश खत्री ( माछापुच्छ्रे क्रिकेट क्लब )
२. भीएम वारियर्स – कप्तान – विजय बिके ( बिनोद महर्जन )
३. डाउन टाउन लायन्स पोखरा – कप्तान – राजु गुरुङ ( लायन्स डाउन टाउन पोखरा )
४. इन्फरम्याटिक्स कलेज चिता – कप्तान – प्रविन ढकाल (  इन्फरम्याटिक्स कलेज )
५. परवान टाईटन्स – कप्तान – राजु थापा ( रेशम केसी )
६. केकेएएएफ स्यांग्जा च्यालेन्जर्स – कप्तान – दिवाकर थापा ( खुलुंग एग्रो फार्म स्यांग्जा )

अक्सन पछि टिम लिस्ट 





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]