प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

२०८१ माघ १, मंगलवार १४:००

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो।

गण्डकीले दिएको ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो।

सुदूरपश्चिमको जितमा रेवती धामीले अविजित २१ रन बनाइन्। यता, गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले सामन एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित १५ ओभरमा सात विकेट गुमाउँदै ५५ रनको योगफल तयार पारेको थियो। बाक्लो हुस्सुका कारण टस ढिला भएपछि खेललाई १५ ओभरमा झारिएको थियो।

गण्डकीका लागि रेखा तामाङले १३ र कप्तान सिर्जना पौडेलले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

सुदूरपश्चिमका लागि रेवती धामीले चार, ऋतु कनौजिया र जानकी थापाले समान एक विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy