सुमन र शिला क्रिकेट खेल्न अष्ट्रेलिया जाने

लोकेश जोशी / धनगढी

नेपाली महिला क्रिकेटर शिला रेग्मी क्षेत्री र सुमन खतिवडा अस्ट्रेलिया जाने भएका छन्। सिड्नी युनिभर्सिटी क्रिकेट क्लबको निमन्त्रणामा क्रिकेटका बिभिन्न खेलहरुका लागि उनीहरु शनिसबार अस्ट्रेलिया जाने भएका हुन्।

दुवै कास्की जिल्लाबाट छनोट हुँदै गण्डकी प्रदेशबाट खेल्ने गर्छन्। सुमन खतिवडा भर्खरै सम्पन्न प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट ब्याटर भएकी थिइन् भने शिला रेग्मी क्षेत्री अलराउण्डरको भूमिकामा खेल्ने गर्छिन्। सिड्नी युनिर्भसिटी क्रिकेट क्लबका हेड कोच एलेक्स ब्ल्याकवेलबाट शिला र सुमन दुबैले प्रशिक्षण लिनेछन्।

सरकारी निकायले अनुमति दिएमा शिलाको लागि न्यू साउथ वेल्सको प्रतियोगिता खेल्ने ढोका समेत खुल्नेछ। उनले सिड्नी युनिर्भसिटी क्रिकेट क्लबको युथ टिमको एसिस्टेन्ट कोचको रुपमा समेत कार्य गर्ने जनाईएको छ।

सुमन खतिवडाले सिड्नी युनिर्भसिटी क्रिकेट क्लबका तर्फबाट न्यू साउथ वेल्स क्रिकेट प्रतियोगिता खेल्ने क्लबले जनाएको छ। उनले अस्ट्रेलियाको बसाइको क्रममा पहिलो तथा दोस्रो श्रेणीका खेलहरु पनि खेल्नेछिन्

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy