सुमन र शिला क्रिकेट खेल्न अष्ट्रेलिया जाने

लोकेश जोशी / धनगढी

नेपाली महिला क्रिकेटर शिला रेग्मी क्षेत्री र सुमन खतिवडा अस्ट्रेलिया जाने भएका छन्। सिड्नी युनिभर्सिटी क्रिकेट क्लबको निमन्त्रणामा क्रिकेटका बिभिन्न खेलहरुका लागि उनीहरु शनिसबार अस्ट्रेलिया जाने भएका हुन्।

दुवै कास्की जिल्लाबाट छनोट हुँदै गण्डकी प्रदेशबाट खेल्ने गर्छन्। सुमन खतिवडा भर्खरै सम्पन्न प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट ब्याटर भएकी थिइन् भने शिला रेग्मी क्षेत्री अलराउण्डरको भूमिकामा खेल्ने गर्छिन्। सिड्नी युनिर्भसिटी क्रिकेट क्लबका हेड कोच एलेक्स ब्ल्याकवेलबाट शिला र सुमन दुबैले प्रशिक्षण लिनेछन्।

सरकारी निकायले अनुमति दिएमा शिलाको लागि न्यू साउथ वेल्सको प्रतियोगिता खेल्ने ढोका समेत खुल्नेछ। उनले सिड्नी युनिर्भसिटी क्रिकेट क्लबको युथ टिमको एसिस्टेन्ट कोचको रुपमा समेत कार्य गर्ने जनाईएको छ।

सुमन खतिवडाले सिड्नी युनिर्भसिटी क्रिकेट क्लबका तर्फबाट न्यू साउथ वेल्स क्रिकेट प्रतियोगिता खेल्ने क्लबले जनाएको छ। उनले अस्ट्रेलियाको बसाइको क्रममा पहिलो तथा दोस्रो श्रेणीका खेलहरु पनि खेल्नेछिन्





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]